कारोबार


उबरसँग टाटाको ठूलो सम्झौता, २५ हजार एक्सप्रेस–टी विद्युतीय गाडी आपूर्ति गर्ने

उबरसँग टाटाको ठूलो सम्झौता, २५ हजार एक्सप्रेस–टी विद्युतीय गाडी आपूर्ति गर्ने

नेपालखबर
फागुन ९, २०७९ मंगलबार १४:४, काठमाडौँ

टाटा मोटर्सले उबरसँग ठूलो आपूर्ति सम्झौता गरेको छ। 

इकोनोमिकटाइम्सका अनुसार उबरलाई २५ हजार एक्सप्रेस–टी विद्युतीय गाडी आपूर्ति गर्ने सम्झौता भएको हो। 

दुई कम्पनीबीच भएको समझदारीपत्रमा उबरले विद्युतीय सेडान आफ्नो प्रिमियम क्याटेगोरी सर्भिसमा प्रयोग गर्नेछ। 

ती गाडी दिल्ली एनसीआर, मुम्बई, कलकत्ता, चेन्नाई, हैदरावाद, बेंगलुरु र अहमदाबादमा सञ्चालन हुनेछन्। 

टाटा मोटर्सले यही महिनादेखि ती गाडी डेलिभरी सुरु गर्ने जनाएको छ। के कति पैसामा सम्झौता भएको भन्ने कम्पनीले खुलाइसकेको छैन। 

एक्सप्रेस–टीको रेन्ज ३१५ किमि छ भने प्रतियुनिट मूल्य १४.९८ लाख भारु रहेको बताइएको छ। यसमा २.६ लाख भारु सहुलियत रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .