ad ad

कारोबार


कुमारी बैंकले बीवाईडीका विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा दिने

कुमारी बैंकले बीवाईडीका विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा दिने

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १९:०, काठमाडौँ

कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्क प्रालिबीच ग्राहकहरूलाई बीवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिदका लागी कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बीवाईडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ ।

यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बीवाईडी डिलरबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् साथै सो कर्जा ८ वर्ष अवधिसम्म लिन मिल्ने प्रावधान गरिएको छ ।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटीएम, ६२ शाखारहित बैंकिङ्ग इकाइ तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .