कारोबार


ब्राजिलमा बीवाईडी डल्फिन बन्यो वर्ष २०२३ को सबैभन्दा धेरै पुरस्कृत विद्युतीय कार

ब्राजिलमा बीवाईडी डल्फिन बन्यो वर्ष २०२३ को सबैभन्दा धेरै पुरस्कृत विद्युतीय कार

नेपालखबर
पुस १३, २०८० शुक्रबार १९:२१, काठमाडौँ

बीवाईडी डल्फिन ब्राजिलको सबैभन्दा बढी पुरस्कृत विद्युतीय गाडी बनेको छ। ब्राजिलमा लन्च भएको ६ महिनामा नै बीवाईडी डल्फिनले १० महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त गरेको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार बीवाईडीले २०२३ मा ब्राजिलमा मात्रै ५००० भन्दा बढी कारको बिक्रीको रेकर्ड बनाइसकेको छ। यो ऐतिहासिक रेकर्डले  ब्राजिलवासीहरुमा विद्युतीय साधन खरिदको वास्तविक सम्भावनालाई पनि देखाएको छ। 

सम्पूर्ण विद्युतीय कारहरुको दाँजोमा, बीवाईडी डल्फिन अग्रभागमा रहेको देखिन्छ। यसको अर्थ पुरातन बजारले प्रस्ताव गरेभन्दा अझै अनुकूल मुल्यमा डिजाइन, अत्याधुनिक प्रविधि, आरामदायी तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्राप्त गर्न सम्भाव छ भन्ने कुरा बीवाईडी डल्फिनले पुष्टि गरेको छ।

बीवाईडी का अध्यक्ष टेलर लि भन्छन्, "बीवाईडी डल्फिन ब्राजिलको अटोमोटिभ बजारको लागि एक गेम-चेन्जर हो। इतिहासमा पहिलोपटक एउटा निर्माता ले यति धेरै नवीनता र अत्याधुनिक प्रविधिले युक्त गाडी प्रदान गरेको छ, जुन आँफैमा पूर्ण , र आरामदायक छ । यसको आकर्षक डिजाइन तथा प्रतिस्प्रधी मूल्यले पुरा उद्योगलाईनै आफ्नो प्राइस पोलेसी पुनरावलोकन गर्न बाध्य बनाएको छ। । विद्युतीय कारलाई  धेरै भन्दा धेरै ब्राजिलका जनताको पहुँचमा पुर्याउनुनै हाम्रो लक्ष्य हो।"

नोभेम्बरदेखि डिसेम्बरसम्म मात्रै बीवाईडी डल्फिनले विभिन्न १० पुरस्कार प्राप्त गरिसकेको छ। बीवाईडी डल्फिन सेप्टेम्बर देखि नै सबैभन्दा बढी बिक्री हुने कार बनेको छ। र यसको संख्या अझै बढ्ने क्रममा छ। यसले ब्राजिलका जनताको बिद्ध्युतिकरण प्रतिको वास्तविक चासो र सुन्दर संसारको विद्यमान परिकल्पनालाई पूर्ण पुष्टि गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .