ad ad

कारोबार


दरबारमार्गमा हुने ‘होली पुन्ही’को प्रायोजन ईभी ब्रान्ड अमोडाले गर्ने

दरबारमार्गमा हुने ‘होली पुन्ही’को प्रायोजन ईभी ब्रान्ड अमोडाले गर्ने

नेपालखबर
चैत ९, २०८० शुक्रबार १६:४८, काठमाडौँ

विद्युतीय सवारी साधन ब्रान्ड ‘अमोडा’ले काठमाडौँको दरबारमार्गमा हुने ‘होली पुन्ही २०२४’ कार्यक्रममा ‘ड्राइभ इ फ्युचर’ प्रायोजकको रूपमा सहकार्य गरेको छ। 

विगत ५ वर्षदेखि होलीको उत्सवहरू आयोजना गर्दै आएको ‘अर्बिटरि इभेन्ट्स’ले यो वर्ष पनि ‘होली पुन्ही २०२४’ आयोजना गर्न लागेको हो।

कार्यक्रमको प्रायोजकको रूपमा धेरै सहभागीहरूलाई आधुनिक, रमाइलो र ‘फ्युचरिस्टिक’ प्रविधिसँग जोड्दै र अविस्मरणीय अनुभवहरू गर्न सहज बनाउने लक्ष्य अमोडाले राखेको छ। होलीको अविस्मरणीय अनुभवका लागि, अमोडाले रोचक खेललगातय विभिन्न गतिविधिहरूसहितको स्टल राख्ने कम्पनीले जनाएको छ। 

सहभागीहरूले रङ्ग र सङ्गीतमा उत्साहजनक मनोरञ्जन लिनुका साथै, अमोडाको आधुनिक कनेक्टिभिटि र शून्य उत्सर्जनको विषयमा समेत जानकारी प्राप्त गर्न सक्नेछन्। अमोडा स्टलमा ‘कलर’ पेन्टिङ, ‘मेसेज’ बोर्ड सहित विभिन्न गतिविधिहरू गर्दा मर्चेन्डाइजहरू प्राप्त गर्न सकिने जस्ता व्यवस्था रहनेछन् ।

साथै, सामाजिक सञ्जालमा #अमोडाकलर्स ह्यासट्याग राखी कार्यक्रमका तस्बिरहरू पोस्ट गर्ने दर्शकहरूले अन-द-स्पट ‘गिफ्ट ह्याम्पर’हरू जित्ने मौका पाउनेछन्।

होली पुन्ही २०२४ कार्यक्रममा भेक, यावेश थापा, आविष्कार के.सि., डि.जे. बीपीएम, डीजे डान, लगायत छ जना चर्चित डीजेहरूको साथमा साङ्गीतिक माहौल निरन्तर कायम रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .