कारोबार


बजेटको तयारी चलिरहँदा प्रधानमन्त्रीले चिनियाँ कम्पनीलाई दिए ईभीमा कर नबढ्ने आश्वासन

बजेटको तयारी चलिरहँदा प्रधानमन्त्रीले चिनियाँ कम्पनीलाई दिए ईभीमा कर नबढ्ने आश्वासन

नेपालखबर
बैशाख २४, २०८१ सोमबार १४:३६, काठमाडौँ

बजेटको तयारी भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय गाडीमा कर नबढ्ने आश्वासन दिएका छन्। 

चिनियाँ ईभी निर्माता बीवाईडीका एसिया प्यासिफिक प्रतिनिधि र नेपाली बिक्रेतासँग भेट गर्दै कर नबढ्ने आश्वासन दिएका हुन्। 

नेपाल भ्रमणमा आएका बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ सेउलियाङले सोमबार प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डलाई भेट गरेका हुन्।

नेपालमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडीका प्रतिनिधिलाई प्रधानमन्त्रीसँग भेट गराएको छ। 

‘सोमबार प्रधानमन्त्रीलाई भेटेका हौँ। विद्युतीय गाडीमा कर नबढाउने आश्वासन दिनुभएको छ’, बीवाईडीकी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले भनिन्। 

नेपालमा बीवाईडी गाडी बिक्रेतामा दोस्रो नम्बरमा छ। अट्टो ३, डल्फिन, इ ६ नेपालमा गुडिरहेका छन्। 

लिउले प्रधानमन्त्रीसँगै नेपालका लागि चिनियाँ राजदूतसँग भेट गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .