टाटा मोटर्सको एक्सप्रेस टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा सञ्चालनमा आएको छ।
ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी चार्जिङ्ग स्टेसन थप गरिएको कम्पनीले जनाएको छ।
ग्राहक सुविधाहरु थप तथा सेवा सञ्जाल बिस्तार कार्य अन्तर्गत सेवालाई परिस्कृत पारिएको कम्पनीले जनाएको छ।
टाटा मोटर्स को ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा संचालक हरुले मन पराएका छन्।
नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी रोजाइमा परेको हो। एक्सप्रेस–टी’ मा १ वर्षको गाडीको बिमा, ३ वर्ष सम्मको निःशुल्क सर्भिसिङ, साथै १६०,००० कि मि सम्मको ब्याट्री र मोटरमा वारेन्टीको सुविधाहरु रहेको छ।
खाडीचौरको साथै बालकुमारी, भक्तपुर, गोंगबु, कपनमा पनि ‘एक्सप्रेस–टी’ को लागि फास्ट चार्जरको व्यवस्था रहेको छ।
छिट्टै दुधौली कटारीमा पनि ट्याक्सीको लागि फास्ट चार्जर राख्ने प्रक्रिया सुरु भइसकेको कम्पनीको भनाइ छ।
Shares

प्रतिक्रिया