महिन्द्रा समूहअन्तर्गतकोे फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आज नेपालमा ‘युवो टेक प्लस’ ट्रयाक्टर शृंखला सार्वजनिक गरेको छ।
महिन्द्राको नेपालस्थित डिलर अग्नि ग्रुपले सोमबार नयाँ ट्राक्टर मोडल युवो टेक प्लस ५७५ डीआई विराटनगर, दमक, जनकपुर, वीरगन्ज, चितवन र नेपालगन्जका ६ अग्नि शाखा र डिलर लोकेसनमा एकै साथ उद्घाटन गरेको हो।
यो शृंखला १२एफ (फर्वार्ड) + थ्रिआर (रिभर्स) ट्रान्समिसन टेक्नोलोजीको साथ आउँछ। यसमा थ्रि स्पिड रेन्ज अप्सन (एच–एम–एल) विभिन्न माटोको प्रकार र कृषि अनुप्रयोगहरूमा आधारित गियर गति चयन गर्न मद्दत गर्दछ।
उच्च परिशुद्धता नियन्त्रण भल्भहरू र उत्कृष्ट–इन–क्लास लिफ्ट क्षमताको साथ, यस ट्रयाक्टरले सजिलैसाथ भारी उपकरणहरू ह्यान्डल गर्न सक्छन्। शक्तिशाली र इन्धन–कुशल इन्जिनले भरिएको, यस ट्रयाक्टरले उच्च स्तरको टर्क र उत्कृष्ट इन्धन दक्षता प्रदान गर्दछ।
कम्पनीका अनुसार धेरै भार वहन गर्ने क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, फ्ल्याट प्लेटफर्मको साथ दुबै साइडमा सिफ्ट गियर लिभर, आरामदायी सिट र एर्गोनोमिकली राखिएको लिभरहरूका कारण यो ट्रयाक्टर सबै कृषि र ढुवानी कार्यको लागी उपयुक्त छ, जसले लामो समयको लागि अधिकतम अपरेटर आराम प्रदान समेत गर्दछ।
युवो टेक प्लस सिरिजको उद्घाटन समारोहमा बोल्दै कृषि उपकरण क्षेत्र, महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका अन्तर्राष्ट्रिय अपरेसन प्रमुख केदार आप्टेले खेती र जीवनलाई समृद्ध बनाउने उद्देश्यअनुरूप नेपालको कृषि आवश्यकताहरूलाई रूपान्तरण गर्न प्रतिबद्ध रहेको बताए।
उनले यस ट्रयाक्टरलाई नयाँ उन्नत इन्जिन, ट्रान्समिसन र हाइड्रोलिक प्रविधिले सम्बन्धित क्षेत्रहरूमा सबैभन्दा उन्नत बनाएको उनको भनाइ छ।
‘जसको माध्यमबाट हामीले उत्कृष्ट उत्पादनशीलता, आराम र आम्दानी प्रदान गर्ने लक्ष्य राखेका छौं, हामी हाम्रा सम्मानित ग्राहकहरूलाई ट्रयाक्टर सिरिज –महिन्द्रा युवो टेक प्लस प्रस्तुत गर्न पाउँदा हामी खुसी छौँ’, उनले भने।
अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले परिवर्तित समयसँगै नेपालको किसानहरू विकसित भइरहेको र कृषि उत्पादकत्व र त्यसैले आम्दानी बढाउनको लागि सबैभन्दा अगाडि टेक्नोलोजीको साथ उच्च स्तरको सशक्तीकरण खोजिरहेको अवस्थामा कम्पनीले उन्नत प्रविधि र विस्तारित सुविधाका साथ सबै नयाँ युवो टेकप्लस मोडेलहरू प्रस्तुत गरेको बताए।
Shares

प्रतिक्रिया