पेट्रोल गाडीमध्ये हुन्डाईको क्रेटामा ग्राहकको आकर्षण देखिएको छ।
नाडा अटो सोमा लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्याएको फेसलिफ्ट गाडीले ग्राहकको ध्यान खिचेको हो।

नेपालमा हुन्डाईको सबैभन्दा बढी क्रेटा गाडी नै बिक्री भएको छ। लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरु गरेको थियो।
‘नाडा अटो सोमा हुन्डाईको क्रेटा नै मुख्य प्रोडक्टको रुपमा छ’, लक्ष्मी इन्कर्पोरेटका महाप्रबन्धक दीपक थपलियाले भने, ‘हुन्डाईले ल्याएको नयाँ फेसलिफ्टको एक्स्टेरियर र इन्टेरियरमा धेरै परिवर्तन गरेकाले ग्राहकले चासो राखेको देखिन्छ।’
फेसलिफ्टको रुपमा नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लिक क्वाड बिम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ। साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्विलहरू पनि छन्।

हुन्डाईले नेपालमै एसेम्बल भएको हुन्डाईको भेन्यु समेत नाडा अटो सोमा सोकेस गरेको छ। नवलपरासीमा रहेको प्लान्टबाट उत्पादिन गाडी नेपाली सडकमा गुड्न थालेका छन्। नाडा अटो सोमा हुन्डाईका विद्युतीय आयोनिक ५ र कोना गाडी समेत सोकेसमा राखिएका छन्।
नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ छ। थपलियाले नाडा अटो शोमा ग्राहकलाई केही सुविधा दिएको बताए। नाडा अटो सोदेखि तिहारसम्म हुन्डाईका गाडी खरिद गर्नेमध्ये एक जनाले हुन्डाईको भेन्यु बम्पर उपहारमा पाउनेछन्।
हरेक गाडीको खरिदमा १० लाख रुपैयाँसम्म छुट र स्क्राचमा १ लाख रुपैयाँसम्म छुट र १ वर्षको इन्स्योरेन्स र सडक दस्तुरमा छुट दिएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया