सीजी मोटर्सले ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ।
सेवा केन्द्रको उद्घाटन सीजी समूहका अध्यक्ष तथा नेपालका संघीय संसद सदस्य डा. विनोद चौधरीले गरेका हुन्।
काठमाडौं उपत्यकामा सीजी मोटर्सद्वारा स्थापना गरिएको दोस्रो सेवा केन्द्र हो। साथै, च्यानल पार्टनरहरूलाई समेट्दै काठमाडौंमा अब चारवटा सेवा केन्द्र पुगेका छन्।











चौधरी समूहका निर्देशक निर्वाण चौधरीले सवारी साधनको प्रविधि र मूल्य आफ्नो नियन्त्रणमा नभए पनि सर्भिस सेवा चाहेजस्तो दिन सकिने बताए।
२२ स्थानहरूमा बिक्री र डिलर नेटवर्क रहेको सीजी मोटर्सले यस सेवा केन्द्रको उद्घाटनमार्फत ग्राहक सेवा र अनुभवलाई बिक्रीसँगै उच्च प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ।
साथै, सीजी मोटर्सले विद्युतीय गतिशीलतामा आफ्नो विशेषज्ञता विस्तार गर्दै ग्राहक अनुभव सुधार गर्न चार्जिङ पोइन्टहरूमा लगानी गरिरहेको छ।
सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस २ र जीबीटी चार्जिङ पोइन्टहरूका साथ सर्वाधिक चार्जिङ पोइन्टहरूको संख्या राखेको छ। थप १०० बढी स्थानमा चार्जिङ पोइन्टहरू विस्तार गर्ने लक्ष्य लिएको छ।
नयाँ सीजी सेवा केन्द्रले सीजी मोटर्सअन्तर्गत वितरण गरिएका विभिन्न ब्रान्डहरू आयोन, एक्सपेङ, स्मार्ट, नेटा, रिडारा, डायुन आदिलाई सेवा प्रदान गर्नेछ। कम्पनीले सीजी केयर्स सेवा पनि सुरू गरेको छ। यसले सीजीले बिक्री गर्ने सबै ब्रान्ड बिक्री गर्नेछ।
अहिले नेपालभर २१ भन्दा बढी सेवा केन्द्रहरूसहित, सीजी मोटर्सले दक्ष र विशेष सेवा ग्राहकहरूलाई निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ।
Shares

प्रतिक्रिया