नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले चितवनमा एक विशेष समारोहका बीच टाटा म्याजिक बीएस६ सार्वजनिक गरेको छ।
कार्यक्रममा चितवन यातायात प्रालिका अध्यक्ष खेम बा. आले, भरतपुर महानगर यातायात प्रा.लि.का अध्यक्ष चिनी बा. बोहरा, छाहारी यातायात प्रा.लि.का अध्यक्ष बद्री प्र. पौडेल, सार्वजनिक मकवानपुर यातायात प्रा.लि.का अध्यक्ष ज्ञानेन्द्र बा. कार्की, सार्वजनिक ओम शान्ति यातायात प्रा.लि.का अध्यक्ष प्रदीप राज हमाल, पूर्व चितवन कालिका यातायातका अध्यक्ष मिन कुमार श्रेष्ठ, र त्रिनेत्र चितवन यातायात प्रा.लि.का अध्यक्ष कपिल पाण्डे लगायतको उपस्थिति थियो।
टाटा म्याजिकलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा उनीहरुले उल्लेख गरे।
टाटा म्याजिक बीएस६ गाडीमा ६९४ सीसी पेट्रोल इन्जिन, ३० एचपी पावर, ५५ एनएम टर्क, ५-स्पीड गियर, १३ इन्चका टायर, डिजिटल ओडोमिटर, इको स्विच, एबीएस, र एन्टि-रोल बार जस्ता विशेषताहरू छन्।

सिप्रदी ट्रेडिङ्ग प्रालिका एजीएम (सीभीबीयू) कृष्ण चन्दले चितवनजस्तो व्यस्त सहरी क्षेत्रमा टाटा म्याजिक बीएस६ ले यातायात क्षेत्रको लागि नयाँ आयाम थप्ने बताए।
उनका अनुसार यसको किफायती सञ्चालन लागत र आधुनिक प्रविधिले यहाँका व्यवसायीहरूलाई अझ सशक्त बनाउनेछ। सिप्रदीले नेपालभर गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले यसै लक्ष्यले गाडी प्रस्तुत गरेको बताए।

कार्यक्रममा प्रोडक्ट मेनेजर इन्द्रमणि पोख्रेलले भने, “टाटा म्याजिक बीएस६ सहरी यातायात र विद्यालय यातायातका लागि उपयुक्त मोडेल हो। यसमा अत्याधुनिक बीएस६ प्रविधिको प्रयोग गरिएको छ, जसले प्रदूषण घटाउन र इन्धनको कुशल प्रयोग गर्न मद्दत गर्दछ। साना व्यवसायीहरूलाई लक्षित गरी निर्माण गरिएको यस गाडीले व्यवसायलाई किफायती, सुरक्षित, र दिगो बनाउन ठूलो सहयोग पुर्याउनेछ।”
सिप्रदी ट्रेडिङ्गले यसअघि नै नेपालमा ४ हजारभन्दा बढी टाटा म्याजिक गाडीहरू बिक्री गरिसकेको छ। यसको बजार हिस्सा ९५ प्रतिशत रहेको कम्पनीको दाबी छ।

Shares

प्रतिक्रिया