कारोबार


सीएफ मोटो तथा जिहो टु ह्विलर्सको पाँचौँ शोरुम हेटौंडामा

सीएफ मोटो तथा जिहो टु ह्विलर्सको पाँचौँ शोरुम हेटौंडामा

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १३:५६, काठमाडौँ

ऋषि ट्रेड सेन्टरले बागमती प्रदेशको राजधानी हेटौंडामा डिलर विस्तार गरेको छ।

सीएफ मोटो तथा जिहो टु ह्विलर्सका लागि नेपालको एक मात्रै आधिकारिक वितरक रहेको कम्पनीले मकवानपुरको हेटौंडा बजारमा पाँचौँ डिलर विस्तार गरेको हो। 

योसँगै येति मोटर्स हेटौंडा अब सीएफ मोटो तथा जिहोका लागि आधिकारिक डिलर नियुक्त भएको छ। येति मोटर्सको शोरुमको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। बिक्री तथा बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुम उद्घाटन गरिएको कम्पनीले जनाएको छ। 

उद्घाटन कार्यक्रममा बोल्दै मोटर्सका सञ्चालक ईश्वर श्रेष्ठले सीएफमोटो र जिहो दुवै ब्रान्ड हेटौंडा तथा आसपासको क्षेत्रमा लोकप्रिय हुने विश्वास व्यक्त गरे।

राम्रो ब्रान्ड भएकाले आफूले डिलर लिएको बताउँदै उनले ग्राहकलाई स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘बिक्रीपछिको सेवालाई प्रमुख प्राथमिकतामा राख्दै सेवा प्रदान गर्नेछौँ’, उनले भने।

शोरुममा सीएफ मोटोको एनके २५० तथा जिहो ब्रान्डको एई६ प्लस, एई ६ प्लस एलआर, एई४ तथा एई४ एलआर बिक्री तथा प्रदर्शनीमा राखिएको छ।

शोरुममा ग्राहकले यी ब्रान्डको बाइक तथा स्कुटर टेस्ट ड्राइभ गर्न सक्ने सञ्चालक श्रेष्ठले जानकारी दिए।

शोरुम उद्घाटनको अवसरमा सीएफ मोटो र जिहोका बाइक तथा स्कुटरको र्‍याली आयोजना भएको छ। शोरुम उद्घाटनको अवसरमा बाइक तथा स्कुटर खरिदमा विशेष छुट उपलब्ध गराइएको समेत कम्पनीले जनाएको छ।

सीएफ मोटोको २५० सीसी क्षमताको एनके २५० युवा पुस्तामाझ लोकप्रिय छ। यसको अधिकतम इन्जिन क्षमता २०.५ किलोवाट छ। टर्क २२ एनएम, डुअल च्यानल एबीएस, १२.५ लिटरको फ्युल ट्यांक क्षमता, इलेक्ट्रिक फ्युल इन्जेक्सन तथा एलइडी डिस्प्ले लगायतका विशेषता यो बाइकमा उपलब्ध छन्। 

त्यस्तै जिहोको हालै बजारमा आएको एई४ मोडलको ३ किलोवाट हव मोटर, २ किलोवाट आवरको लिथियम ब्याट्री, इलेक्ट्रिक ट्रान्जिक्सन कन्ट्रोल, एनएफसी कार्ड तथा जिहो एप्सबाट सञ्चालन गर्न सकिने र ३१ लिटर बराबरको बुथ स्पेस लगायतक विशेषता पाउन सकिन्छ।

हेटौंडास्थित स्थानीय व्यवसायी, बैंकर्स, रिकन्डिसन व्यवसायी तथा सञ्चारकर्मीलगायतको उपस्थितिमा शोरुम उद्घाटन गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad