काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ।
अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा पुस ४ गतेदेखि नाटक मञ्चन हुन लागेको हो।
नाटकमा नाजिरसहित अभिनेता विजय बराल देखिँदै छन्। साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ।
नाटकको निर्मातामा दयाहाङ राई र बुद्धि तामाङ छन्।
नाटकले द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्नेछ।
चिठी पुर्याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिने नाजिरको भनाइ छ।
उनका अनुसार नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ। यस नाटकलाई द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयासका रूपमा सिर्जना गरिएको हो।
बिहीबारदेखि प्रदर्शन हुने नाटक पुस २८ गतेसम्म चल्नेछ।
नाटकका सन्देश र प्रस्तुतिले दर्शकलाई गहिरो अनुभूति दिने ‘हरि हजुरबा’ टिमको अपेक्षा छ।

Shares

प्रतिक्रिया