केईका इक्युट ०४ का ३० गाडी एकै पटक डेलिभरी भएका छन्।
लक्ष्मी इमोबिलिटी र जिओ अटोमोबाइल्सले हस्तान्तरण सुरु गरेका हुन्।
कम्पनीले गत भदौमा भएको नाडा अटो शोमा यो गाडी सार्वजनिक गरेको थियो।
नाडामा बुकिङ सुरु गरेका गाडी कम्पनीले ग्राहकलाई डेलिभरी गरेको हो।
३०० किमि रेन्ज दिने इक्युट ०४ को मूल्य २४ लाख ९६ हजार छ। यसमा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आयन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर छ।
यसको अधिकतम टर्क ११० एनएम छ। गाडीमा १६५ ग्राउन्ड क्लियरेन्स छ।


57
Shares

प्रतिक्रिया