कारोबार


मिशलिन टायर अब विशेष छुटसहित दराजबाटै किन्न पाइने

मिशलिन टायर अब विशेष छुटसहित दराजबाटै किन्न पाइने

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १३:२८, काठमाडौँ

नेपालमा मिशलिन टायरको आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रालिले अनलाइन स्टोर दराजमा आफ्नो मिशलिन टायरहरु उपलब्ध गराएको छ।

सिप्रदी अटोपार्टसले ग्राहकको सुविधालाई उच्च प्राथमिकता दिँदै सन् २०२५ जनवरीदेखि मिशलिन टायर दराजमा उपलब्ध गराएको हो।
मिशलिनका दुईवटा मोडेल दराजमा विशेष छुटसहित सिप्रदी अटोपार्टसले उपलब्ध गराएको जनाएको छ।

अब ग्राहकहरुले छिटो छरितो र सहज रुपमा मिशलिन सिराक स्ट्रिट टि.एल. (११०/९०–१८ ६१ पि) र मिशलिन सिटी प्रो टि.टी. (९०/९०–१९ ५२ पि) टायर खरिद गर्न सक्ने छन्। पूर्वनिर्धारित मूल्यमा विशेष छुटसहित दराजमा टायर उपलब्ध गराइएको हो। 

यसअनुसार, पहिले (रु.११,५९९) मूल्य पर्ने मिशलिन सिराक स्ट्रीट टि.एल (रु ९, ९९९) मा दराजमा ग्राहकले प्राप्त गर्न सक्ने छन् । यस्तै, मिशलिन सिटी प्रो टि.टी (रु.७,६९९) मा यसअघि बिक्री हुँदै आएकोमा अब विशेष छुटसहित (रु.५, ५५५) मा नै सुपथ मूल्यमा उपलब्ध गराएको छ।

यसबाट ग्राहकहरुलाई थप टेवा पुग्ने र नक्कली टायर खरिदको जोखिम समेत हट्नेछ। आगामी दिनमा सिप्रदी अटोपार्टसले मिशलिनका अन्य टायरहरु पनि दराजमा उपलब्ध गराउनेछ। जसले गर्दा ग्राहकवर्गहरुले सुपथ मूल्यमा मिशलिन टायर पाउन सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad