कारोबार


भारतीय रेसिङ ट्रेनिङमा नेपालबाट श्रेष्ठ

भारतीय रेसिङ ट्रेनिङमा नेपालबाट श्रेष्ठ

नेपालखबर
फागुन ५, २०८१ सोमबार १४:४५, काठमाडौँ

अल्फा अटोमोटिभका कार्ट हेड दिपेश श्रेष्ठ भारतको रोयल इनफिल्ड स्लाइड स्कुल रेसिङ ट्रेनिङ कार्यक्रममा सहभागी भएका छन्। 

उनले नेपालको मोटरस्पोर्ट क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको कम्पनीले जनाएको छ। 

जनवरी २५–२६ मा सम्पन्न उक्त दुई दिने विशेष प्रशिक्षणमा दिपेशले बाइक नियन्त्रण, क्रास म्यानेजमेन्ट, अफ–रोड रेसिङ टेक्निक लगायतका महत्वपूर्ण सीपहरू सिक्ने अवसर पाएका थिए। 

उनले रोयल इनफिल्डको हिमालयन ४११ बाइकमा विभिन्न चुनौतीपूर्ण भू–भागमा अभ्यास गरेका थिए। सो क्रममा माटो र फ्याल्ट ट्रयाकमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने बुझ्ने अवसर पाएको कम्पनीको भनाइ छ। 

प्रशिक्षणमा बाइकको सही पोस्चर, सुरक्षात्मक राइडिङ गियरको महत्त्व, रेसिङ फ्ल्याग संकेतहरूको प्रयोग जस्ता व्यावहारिक पक्षहरूलाई विशेष ध्यान दिइएको थियो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad