कारोबार


निसान इन्डियाले ल्याउँदै छ ५ सिटे एसयूभी र ७ सिटे बी-एमपीभी, नेपालमा पनि आउने

निसान इन्डियाले ल्याउँदै छ ५ सिटे एसयूभी र ७ सिटे बी-एमपीभी, नेपालमा पनि आउने

नेपालखबर
चैत १९, २०८१ मंगलबार १७:५०, काठमाडौँ

निसान मोटर इन्डियाले आफ्नो हालको प्रोडक्ट-लाइनअपमा नयाँ सेभेन-सिटर बी-एमपीभी थप्ने घोषणा गरेको छ। 

हालसालै जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रोडक्ट सोकेस इभेन्ट’मा निसानले भारतको लागि लक्षित दुई नयाँ उत्पादनहरू प्रदर्शनसमेत गरेको थियो। 

यो घोषणा, निसानको भारत बजारको लागि लक्षित योजनाअनुरुप छ, जसअन्तर्गत आफ्ना ग्राहकहरूको बढ्दो आकांक्षाअनुरुप हालका उत्पादनहरूलाई परिमार्जन गरी प्रस्तुत गर्ने योजना रहेको छ।

यसअन्तर्गत परिमार्जित गाडीहरू तीव्र गतिमा वृद्धि भइरहेको बी-एमपीभी, सि-एसयूभी जस्ता सेगमेन्टका साथै नयाँ निसान म्यागनाइटले नेतृत्व गरेको बि-एसयुभि सेगमेन्टमा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। 

निसानको लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपाली बजारमा पनि यो लाइन-अप सार्वजनिक गर्ने घोषणा गरेको छ।

निसानको नयाँ सेभेन-सिटर बी-एमपीभी(मल्टि-पर्पस भिहेकल)को पहिलोपटक विश्वव्यापी सार्वजनिक प्रदर्शनसँगै निसानको ‘प्लान्ड प्रोडक्ट-अफेन्सिभ’ रणनीति सुरू भएको छ। 

उक्त सेभेन-सिटर, निसानको भारतको प्रोडक्ट-पोर्टफोलियोमा नयाँ (ब्रान्ड-न्यु) सदस्यको रूपमा थपिने छ, जुन सन् २०२५ को आर्थिक वर्षमा सार्वजनिक गरिनेछ।

त्यसपछि, पहिले नै घोषणा गरिएको फाइभ-सिटर सि-एसयुभि (कम्प्याक्ट स्पोर्ट्स युटिलिटि भिहेकल) आर्थिक वर्ष सन् २०२६ को सुरुवातमा सार्वजनिक गरिनेछ। 

कम्पनीले दुई नयाँ टिजरहरू सार्वजनिक गरेको छ जसले दुवै सवारी साधनहरूको ‘डेभलवमेन्ट र टाइमलाइन’ पुष्टि गर्ने कम्पनीको भनाइ छ। बी/सी र डीएसयूभी सेगमेन्टका भारतीय ग्राहकहरूका लागि ४ नयाँ उत्पादनहरू सार्वजनिक गर्ने लक्ष्यतर्फ नै निसान मोटर इन्डिया अघि बढिरहेको छ।

नयाँ सी-एसयूभी, निसान पट्रोलको डिजाइनबाट प्रेरित छ। यो सि-एसयुभिले प्रतिष्ठित निसान एसयुभिको डिएनए प्रस्तुत गर्दै निसानको विश्वव्यापी रूपमा परिचित उच्च विश्वसनीयता, प्रिमियम निर्माणशैली, र अत्याधुनिक प्रविधि प्रदान गर्नेछ।

अर्कोतर्फ निसानको सेभेन-सिटर बी-एमपीभीले आफ्नो खरिदमा अधितम लाभ खोज्ने ग्राहकहरूलाई उत्कृष्ट मूल्यमा उत्कृष्ट फाइदा, गुणस्तर र सहजता प्रदान गर्नेछ।

निसानको बी-एमपीभीले निसानको विशिष्ट डिजाइन फिलोसोफिमा पृथक रहेको ‘मस्कुलर स्टाइलिङ’ प्रस्तुत गर्नेछ। यो बी-एमपीभी, सवारीको आनन्दमा सम्झौता नगरीकन सबै यात्रुहरूका लागि उत्कृष्ट आराम सुनिश्चित हुनेगरी डिजाइन गरिएको छ।

भारतको वार्षिक आन्तरिक विक्री र निर्यात (एनुअल डोमेस्टिक सेल्स एन्ड एक्स्पोर्टस्)मा १,००,००० इकाईको महत्त्वाकाङ्क्षी लक्ष्य हासिल गर्ने दिशामा निसान अघि बढिरहेको छ। यस लक्ष्यलाई साथ दिन, कम्पनीले दुवै नयाँ उत्पादनहरू चेन्नइस्थित ‘अलायन्स जेभि प्लान्ट’मा स्थानीय रूपमा नै उत्पादन गर्नेछ।

नयाँ निसान म्याग्नाइटको सफलतामा आधारित हुँदै निसानले भारतमै निर्माण गरी विश्वभर निर्यात गरिने नयाँ सि-एसयुभि पनि प्रस्तुत गर्दै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad