कारोबार


अटो व्यवसायीका फुटेका २ संस्थाले सहकार्य गर्ने, दुईवटै संस्थामा सदस्य बन्न पाउने

अटो व्यवसायीका फुटेका २ संस्थाले सहकार्य गर्ने, दुईवटै संस्थामा सदस्य बन्न पाउने

नेपालखबर
चैत २४, २०८१ आइतबार १३:४९, काठमाडौँ

अटो व्यवसायीका फुटेका २ संस्थाह‍रुले सहकार्य गर्ने भएका छन्। अटो व्यवसायीको छाता संगठन फुटे पनि एक आपसमा सहकार्य गर्ने भएका हुन्।

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र नयाँ गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड  म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)ले अटो क्षेत्रमा सहकार्य गरी काम गर्ने भन्दै संयुक्त वक्तव्य निकालेका छन्।

वक्तव्यमा नाडाले लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएको छ। नेपालको अटोमोबाइल क्षेत्रको समग्र प्रवर्द्धन, नीति निर्माणमा सहकार्य तथा व्यापार तथा व्यवसायलाई सहज बनाउने काममा  नाडा सधैँ सक्रिय रहँदै आएको छ।

नाडा अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्‍याउन  स्थापना गरिएको संस्था हो। नाडाले नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न  महत्वपूर्ण योगदान गरेको उल्लेख छ। 

नयाँ गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड  म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) भनेको मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था हो, जसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माता प्रतिनिधित्व गर्छन्। दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू संघको भाग बन्ने छनौट गर्न सक्छन्। तथापि, प्रत्येक संघले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्नो प्रयासहरू जारी राख्ने जनाएको छ।

‘नाइमा भनेको मोबिलिटी सशक्तीकरणको वकालत गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो, जसमा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता सदस्य छन्’, वक्तव्यमा भनिएको छ, ‘नाइमाको उद्देश्य मोबिलिटीमार्फत विकास सशक्त बनाउनेछ। यसले रणनीतिक नीतिगत वकालतद्वारा नेपालको अटोमोटिभ क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ, जसमा दिगो तथा सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिइनेछ।’

नाइमा अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए पनि यसको कार्यक्षेत्र उद्योग र सरोकारवालाहरुको सशक्तीकरण, विकास तथा समृद्धिमा केन्द्रित रहनेछ। यस संस्थाले वातावरणमैत्री अभ्यास, उपभोक्ता  शिक्षाको प्रवर्द्धन, सडक सुरक्षामा तथा  पूर्वाधार   आवश्यकतालाई सम्बोधन गर्दै सरकारसँग मिलेर काम गर्ने  बताएका छन्। 

वक्तव्यमा भनिएको छ, ‘हामी स्पष्ट पार्न चाहन्छौँ कि दुवै संस्थाको स्वतन्त्र सहअस्तित्वले नेपालको अटो अटोमोबाइल उद्योगलाई सशक्त बनाउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad