कारोबार


एसएमएल इसुजुको एक मात्र वितरक बन्यो लक्ष्मी ग्रुप

एसएमएल इसुजुको एक मात्र वितरक बन्यो लक्ष्मी ग्रुप

नेपालखबर
बैशाख ८, २०८२ सोमबार १७:२३, काठमाडौँ

एसएमएल इसुजुले नेपालका लागि एक मात्र बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ।

जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुले बस तथा ट्रकहरु निर्माण गर्दै आएको छ। 

नेपाली भूबनोट तथा बजारमा उपयुक्त मानिने एसएमएल इसुजुका सवारीसाधनहरु विगत लामो समयदेखि लोकप्रिय रहँदै आएको कम्पनीले दाबी गरेको छ।

एसएमएल इसुजुको बिक्रेता भएसँगै लक्ष्मी कमर्सियल भेहिकल्सले आक्रामक बजार विस्तार तथा सुदृढीकरण लागि सदैब तत्पर रहने जनाएको छ।

लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले विगत ७ वर्षदेखि एसएमएल इसुजुका सवारीसाधन बिक्री गर्दै आएको छ।

हाल नेपालमा सातै प्रदेशमा सेल्स तथा सर्भिस सञ्जाल रहेको तथा आगामी दिनमा अझै विस्तार गर्दै लैजाने यस कम्पनीका सेल्स हेड सञ्जय खड्काले बताए।

खड्काका अनुसार लक्ष्मी कमर्सियल भेहिकल्सले ग्राहकको सहजताको लागि देशैभर स्पेयर पार्ट्सको उपलब्धता सुनिश्चित गरिने प्रतिबद्धता जनाएको छ। 

एसएमएल इसुजुको नेपाली बजारमा लाइट तथा मिडियम ट्रक टिप्पर साथै स्कुल बस र स्टाफ बसअन्तर्गत विभिन्न क्षमताका बस र ट्रकहरु उपलब्ध छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad