बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले एन सिरिजका दुई नयाँ पल्सर सार्वजनिक गरेको छ।
कम्पनीले पल्सर एन १२५ र द अल न्यु पल्सर एन १६० बाइक सार्वजनिक गरेको हो।
कम्पनीले भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘बजाज ग्रान्ड कार्निभल’का दौडान नयाँ बाइकहरु सार्वजनिक गरेको हो।
एन १२५ मा रियर मोनो शक सस्पेन्सन, २४० एमएम डिस्क ब्रेक, एलईडी हेडल्याम्प र ब्लुटुथ इनेबल्ड डिजिटल कन्सोलजस्ता फिचर दिइएका छन्।
१२४.५८ सीसीको बाइकमा एयर कुल्ड सिंगल स्पार्क २ भल्भ रहेका छन्। त्यसैगरी ५ स्पिड ट्रान्समिसन रहेको बाइकले ८५०० आरपीएममा १२ पीएस पावर जेनेरेट गर्छ भने ६००० आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ।
यो बाइकको कर्ब वेट १२५ किलोग्राम रहेको छ। यसका अतिरिक्त ७९५ एमएम सिट हाइट राइडर, ९.५ लिटरको इन्धन क्षमता रहेको छ। यसमा टेलल्याम्प र हेडल्याम्प दुवै एलईडी रहेका छन्। यसबाहेक एलसीडी स्पिडमिटर रहेको बाइकमा ब्लुटुथ कनेक्सनको सुविधाका साथै कल उठाउने र रिजेक्ट गर्ने सुविधा पनि छ। मिसकल र म्यासेजको नोटिफिकेसन समेत हेर्न पाइन्छ। बाइकको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ भने ह्विलबेस १२९५ एमएम रहेको छ।

यस्तो छ अल न्यु एन१६०
ग्रान्ड कार्निभलका दौडान अल न्यु एन१६० पनि सार्वजनिक भएको छ। यूएसडी फोर्क्स, टर्न बाई टर्न नेभिगेसन, डुअल च्यानेल एबीएस र ३ एबीएस राइड मोडमा यो बाइक आएको छ।
यो बाइक फोर स्ट्रोक, सिंगल सिलिन्डर, २ भल्भ, एयर कुल्ड एफआई फिचरसहित छ। १६४.८२ सीसीको डिस्प्लेसमेन्ट रहेको बाइकको अधिकतम पावर ८७५० आरपीएममा १६ पीएस अर्थात् ११.७ केडब्लु रहेको छ भने ६७५० आरपीएममा १४.६५ एनएम टर्क जेनेरेट गर्छ। यो पनि ५ स्पिड ट्रान्समिसन बाइक हो।
यसका ब्रेकतर्फ अगाडि ३०० एमएम डिस्क, एबीएस र पछाडि २३० एमएम डिस्क एबीएस रहेको छ। बाइकको अगाडिको अपसाइड डाउन फोर्क्स ३७ एमएम र पछाडि निट्रोक्स मोनोशक सस्पेन्सन छ।

बाइकको अगाडिको टायर १००/८०–आर१७ ट्युबलेस र पछाडि १३०/७०–आर १७ ट्युबलेस रहेको छ।
यो बाइकको ह्विलबेस १३४८ एमएम, सिट हाइट ७९५ एमएम, ग्राउन्ड क्लियरेन्स १६५ एमएम, कर्ब वेट १५२ केजी र इन्धन क्षमता १४ लिटर रहेको छ।
त्यसैगरी इलेक्ट्रिकल्सतर्फ कन्सोल फिचरमा टीबीटी नेभिगेसन र एबीएस राइडमोड डिस्प्ले रहेको छ। यसको हेडल्याम्प बाइ फंक्सनल एलईडी डीआरएलसँगै एलईडी प्रोजेक्टरयुक्त छ भने टेल ल्याम्प पनि एलईडीमा छ।
यसमा यूएसबी कनेक्टिभिटीको सुविधा रहेकाले मोबाइल चार्ज गर्न सकिन्छ।




Shares

प्रतिक्रिया