एसएमएल इसुजुको नेपालका लागि एक मात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा निःशुल्क सर्भिस चेकअप क्याम्प सम्पन्न गरेको छ।
पदमपुरस्थित साझा स्टोरमा आयोजना गरिएको ४ दिने निःशुल्क सर्भिस चेकअप क्याम्प जेठ ११ देखि १४ गतेसम्म आयोजना गरिएको हो।
उक्त क्याम्पको उद्घाटन एसएमएल इसुजुको कन्ट्री म्यानेजर–सुमन नागपाल र सर्भिस हेड–मनोज सैनी तथा लक्ष्मी कमर्शियल भेइकल्सका सेल्स हेड तथा आफ्टर सेल्स हेड सञ्जय खड्काले संयुक्त रुपमा गरेका हुन्।
कार्यक्रममा साझा स्टोरका सञ्चालक मदन खड्का, सुर्खेत काक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेस सापकोटा, देउती नागरिक प्रालिका सचिव रमेश खड्का र विभिन्न उद्योग तथा यातायात क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

क्याम्पमा १५० भन्दा बढी सवारीसाधन सहभागी भएको र ग्राहकले सामन्य मर्मतमा शतप्रतिशत निःशुल्क सेवा पाएका थिए।
यसैगरी, ठूला मर्मतमा ५० प्रतिशत छुट, लुब्रिकेन्ट र स्पेयर पाट्र्समा १५ प्रतिशत छुट दिइएको थियो भने सम्पूर्ण सवारीको चेकअप निःशुल्क गरिएको थियो। सहभागिलाई आकर्षक गिफ्ट ह्याम्परको साथै नयाँ सवारी खरिदमा विशेष छुट समेत प्रदान गरिएको थियो।

नेपालभर रहेका आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा र साथ दिन कम्पनीले आगामी दनमा पनि यस्तो क्याम्पलाई निरन्तरता दिँदै जाने जनाएको छ। क्याम्पले ग्राहकहरूसँगको सम्बन्ध अझ प्रगाढ बनाएको र एसएमएल इसुजुका सवारी साधनप्रति विश्वास तथा सन्तुष्टि बढाएको कम्पनीको भनाइ छ।
Shares

प्रतिक्रिया