इलेक्ट्रिक सवारी ब्रान्ड लिपमोटर चीनको अत्यन्त प्रतिस्पर्धी न्यू इनर्जी भेईकल (एनईभी) बजारमा तेस्रो स्थानमा पुगेको छ।
मे २०२५ को बिक्री तथ्याङ्क अनुसार लिपमोटरले ४५ हजार ०६७ युनिट गाडी बिक्री गरेको हो। जुन गत वर्षको तुलनामा १४८.१ प्रतिशतले वृद्धि हो।
सन् २०२५ को पहिलो पाँच महिनामै कम्पनीले जम्मा १ लाख ७३ हजार ६५८ युनिट बिक्री गरिसकेको छ। यसले लिपमोटरलाई चीनका प्रमुख ईभी निर्माता ब्रान्डमध्ये एकको रूपमा स्थापित गराएको कम्पनीले जनाएको छ।
यो सफलताले लिपमोटरको अन्तर्राष्ट्रिय छवि थप मजबुत बनाएको छ। नेपालमा यसको यात्रा अझ बलियो बनाउँदै छ, जहाँ यो ब्रान्डको प्रतिनिधित्व साङ्ग्रिला मोटर्स प्रा.लि.मार्फत गरिएको छ। नेपाली ग्राहकहरूले वातावरणमैत्री र प्रविधि-सम्मत यातायात समाधान खोजिरहेका बेला लिपमोटरको सफलताले यहाँको बजारमा थप विश्वास र उत्साह ल्याएको छ।
मे २०२५ मा मात्रै लिपमोटरको बिक्री गत वर्षको तुलनामा १४८.१ प्रतिशतले बढेर ४५ हजार ०६७ युनिट पुगेको हो। यसै वर्षको कुल बिक्री १ लाख ७३ हजार ६५८ युनिट पुगेको छ, जुन १६०.८ प्रतिशतको वृद्धि हो। लिपमोटरको प्रमुख मोडल सी११ ले नवप्रवर्तन, सुरक्षा र मूल्यमा सहजतालाई ग्राहकले रुचाएको कम्पनीको भनाइ छ।
Shares

प्रतिक्रिया