लक्ष्मी ग्रुपअन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चिनियाँ व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ नेपाली बजारमा ल्याउने भएको छ।
साउन २१ गतेदेखि सञ्चालन हुने नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा मोबिलिटी एक्सपो २०२५’मार्फत ‘क्यारी’ ब्रान्डका दुई नयाँ विद्युतीय भ्यानहरू सार्वजनिक हुने भएका हुन् ।
हुन्डाई र बीएमडब्ल्यू जस्ता विश्वस्तरीय अटोमोबाइल ब्रान्ड तथा कमर्सियल भेइकलमा एसएमएल इसुजुको समेत आधिकारिक वितरक रहेको लक्ष्मी ग्रुपले आफ्नो विद्युतीय यात्रालाई निरन्तरता दिँदै पूर्णतः विद्युतीय व्यावसायिक सवारीको क्षेत्रमा नयाँ आयाम थप्न लागेको छ ।
‘क्यारी’ ब्रान्ड विश्वकै अग्रणी अटोमोबाइल निर्माता चेरी कमर्सियल भेहिकल्स अन्तर्गत पर्दछ, जुन आफ्नो विश्वसनीयता, सुरक्षा, र उत्कृष्ट प्रदर्शनका लागि विश्वभर परिचित छ।
क्यारी ब्रान्ड अन्तर्गत केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यान लन्च गर्न लागिएको हो। व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङमा ‘कमर्सियल भेरियन्ट’ र स्कुल÷कलेज प्रयोजनका लागि सुरक्षात्मक पहेँलो रङमा ’स्कुल भेरियन्ट’ उपलब्ध हुनेछन्।
५३ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको यी भ्यानले एक पटकको फुल चार्जमा अधिकतम ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। गाडीको औपचारिक लन्च र विस्तृत जानकारी नाइमा मोबिलिटी शो २०२५ मा दिइने कम्पनीको भनाइ छ।
एलएक्सजी मोटर्स प्रालि नेपालको व्यावसायिक समूह लक्ष्मी ग्रुपको एक सहायक कम्पनी हो। कम्पनीले नेपाली बजारमा उत्कृष्ट र वातावरणमैत्री विद्युतीय सवारी साधनहरू भित्र्याएर दिगो यातायातमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
Shares

प्रतिक्रिया