कारोबार


नाइमा एक्स्पोमा सीएफमोटो र जिहोका २ नयाँ मोडल सार्वजनिक हुने, यस्ता छन् विशेष अफर

नाइमा एक्स्पोमा सीएफमोटो र जिहोका २ नयाँ मोडल सार्वजनिक हुने, यस्ता छन् विशेष अफर

नेपालखबर
साउन २०, २०८२ मंगलबार १६:२१, काठमाडौँ

सीएफमोटो/जिहोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आगामी नाइमा नेपाल मोविलिटी एक्स्पो २०२५ को अवसरमा आफ्नो २ मोडल ३०० एनके तथा ४५० एसआरएस लन्चको साथ विशेष अफर सार्वजनिक गरेको छ।

साउन २१ देखि २५ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने एक्सपोमा सहभागी भई सीएफमोटो तथा जिहोको मोटरसाइकल तथा स्कुटर बुकिङ्ग तथा खरिद गर्दा कम्पनीले सीएफमोटो–जिहो अफरको वर्षाअन्तर्गत आकर्षक छुट तथा सुविधाहरु उपलब्ध गराउने भएको हो।

कम्पनीका अनुसार एक्स्पोमा सीएफमोटो तथा जिहोका लोकप्रिय मोडलहरु २५० एनके, ४५०एमटी तथा जिहो एई८ मोडल प्रदर्शनमा राखिनेछ। एक्सपोलाई लक्षित गर्दै कम्पनीले आधिकारिक रुपले आफ्नो नेकेड सिरिजअन्तर्गत पर्ने ३०० एनके तथा प्रिमियम स्पोर्ट्स सिरिजअन्तर्गत ४५० एसआरएस मोडलहरु सार्वजनिक गर्ने भएको छ । एक्सपो अवधिभर यस ब्राण्डका मोटरसाइकल तथा स्कुटर बुक तथा खरीद गर्ने ग्राहकले ५० हजार सम्मको भारी छुट, सीएफमोटो/जिहो प्रिभिलेज कार्ड केही मोडलमा ५ वर्ष वारेन्टी जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

यसका साथै कम्पनीले यो एक्सपो अवधिभर ग्राहकले सिएफ मोटोको ४५० एमटी खरीद तथा बुक गर्दा आकर्षक एमटी हेल्मेट को साथै २५ हजार रुपैयाँबराबरको तीन विशेष एक्सेसरिजहरु छुटको स्वरुप पाउन सक्नेछन्।

त्यसैगरी सीएफमोटो तथा श्भ्भ्ज्इ को स्टलमा आउने हरेक आगन्तुकले आकर्षक गिफ्ट ह््रयाम्पर समेत प्राप्त गर्नेछन् ।

सीएफमोटोले सार्वजनिक गर्न गरीरहेको ४५० एसआरएस को विशेषताको कुरा गर्नु पर्दा यसमा ४४९.५ सीसी, ट्विन सिलिन्डर, लिक्विड कुल्ड, ४ स्ट्रोक डीओएचसी इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ३८ केडब्लु/९५०० आरपीएम, अधिकतम टर्क ४० एनएम/७५०० आरपीएम, युरो भीप्लस एमिसन नर्म, १४ लिटरको इन्धन क्षमता, स्लिपर क्लच, ६ स्पिड, ५ इन्च टीएफटी डिस्प्ले, टीसीएस (ट्राक्सन कन्ट्रोल सिस्टम) तथा एबीएस छ । यस बाइक कार्यक्षमता, डिजाइन र प्रविधियुक्त विशेषताहरुले नेपाली यूवाहरु यसमा आकर्षित हुने विश्वास कम्पनीको रहेको छ ।

यसैगरी अर्को मोडल ३०० एनके यस सिरिजकै उत्कृष्ट वाइकको रुपमा रहने कम्पनीको भनाइ छ । यसमा २९२ सीसीको सिङ्गल सिलिन्डर इन्जिन, अधिकतम क्षमता २१.४ केडब्लु २५.३ एनएम टर्क, डुअल च्यानल एबीएस, स्लिपर क्लच, १२.५ लिटरको फ्यूल ट्यांक, अगाडि इन्भर्टेड शक एबसर्प्सन तथा पछाडि मिड माउन्टेड शक एब्सर्प्सन दिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad