ग्रेटवाल मोटर्स (जीडब्लुएम)ले नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत विलासी सातसिटे ट्यांक ५०० र पाँचसिटे ट्यांक ३०० नेपाली बजारमा सार्वजनिक गरेको छ।
यी गाडी अत्याधुनिक पीएचइृभी र एचईभी प्रविधिमा रहेको कम्पनीले जनाएको छ।
छेन्दु अटो शो २०२१ डेब्यु र चीनमा २०२२ को आधिकारिक लन्चपछि इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, साउथ अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्डजस्ता देशमा प्रभुत्व जमाएको ट्यांक सिरिज करिब ४ लाख युनिट विश्वबजारमा बिक्री भइसकेको छ।
नेपालमा पनि ट्यांक ३०० र ५०० ले प्रिमियम अफरोड लक्जरी अनुभव दिने कम्पनीले उल्लेख गरेको छ। दुवै गाडीमा २.० लिटर टर्बो पेट्रोल एचईभी र पीएचईभी भर्सन तथा ९ स्पिड अटोमेटिक ट्रान्समिसन (एआई४–टी) रहेको छ। एचईभी भर्सनतर्फ ३५१ पीएस पिक पावर दिने गाडीले ६४८ एनएम टर्क जेनेरेट गर्छ।
त्यसैगरी पीएचईभी भर्सनतर्फ ४०८ पीएस पिक पावर र ७५० एनएम टर्क रहेको छ। नेपालको भूगोल सुहाउँदो यी गाडी पहाडदेखि सहरसम्म उपयुक्त रहेको कम्पनीको भनाइ छ।
नेपाल आएकामध्ये ट्यांक ३०० एचईभीको १ करोड ५९ लाख ९९ हजार रुपैयाँ र ट्यांक ५०० पीएचईभीको २ करोड १५ लाख ९९ हजार रुपैयाँ सुरुवाती मूल्य रहेका छन्।
Shares

प्रतिक्रिया