केटीएम नेपालले आज विशेष टेस्ट राइड कार्यक्रम आयोजना गरेको छ।
मोटरसाइकल प्रेमीहरूलाई आफ्ना नयाँ मोडलहरू नजिकबाट अनुभव गर्न एक विशेष टेस्ट राइड कार्यक्रम गरेको कम्पनीले जनाएको छ।
आजदेखि बाइकर’स क्याफेमा सुरु भएको कार्यक्रममा सहभागी हुनेले केटीएमको शक्ति, नियन्त्रण र शैलीलाई प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।
टेस्ट राइडपछि सहभागीलाई निःशुल्क पेयपदार्थ प्रदान गरिने कम्पनीको भनाइ छ।
यो कार्यक्रम सबै प्रकारका राइडरहरूका लागि खुला रहेको पनि जनाइएको छ।
27
Shares

प्रतिक्रिया