हुन्डाईको पूर्ण विद्युतीय कार आयोनिक ९ जर्मनीको ‘प्रिमियम कार अफ दि इयर’ बनेको छ।
पछिल्लो समय विद्युतीय कार उत्पादनमा आक्रामक कम्पनीले युरोपमा महत्त्वपूर्ण सफलता हात पारेको हो।
४० जना शीर्षतहका अटोमोटिभ पत्रकारको स्वतन्त्र निर्णायक मण्डलले आयोनिक ९ लाई यस अवार्डका लागि चयन गरेको कम्पनीले जनाएको छ।
खासगरी एरोडाइनामिक डिजाइन, कटिङ एज ८०० भोल्ट फास्ट चार्जिङ आर्किटेक्चरजस्ता विशेषताका कारण अन्यको तुलनामा हुन्डाईको यो कार अब्बल ठहर भएको हो। निर्णायक मण्डलले विलासी थ्रि रो इन्टेरियर, उन्नत व्यक्तिअनुकूल विशेषताहरुको प्रशंसा गरेको थियो।
जर्मन कार अफ दि इयर अवार्डलाई युरोपकै प्रतिष्ठित अटोमोटिभ अवार्डको रुपमा लिने गरिन्छ।
४० पत्रकारको स्वतन्त्र समूहले पछिल्लो वर्ष सार्वजनिक गरिएका कारहरुलाई पाँचवटा विधाहरु कम्प्याक्ट, प्रिमियम, लक्जरी, न्यु इनर्जी र पर्फमेन्समा आधारित भई डिजाइन, प्रविधि, पर्याप्तता र नवप्रवर्तनको आधारमा यो अवार्ड प्रदान गर्ने गर्छ।
Shares

प्रतिक्रिया