प्रमोद श्रेष्ठ र स्वप्न प्रधानले विश्वव्यापी मान्यता प्राप्त आइरन बट च्यालेन्ज स्याडलसोर १००० मा आधिकारिक रूपमा प्रयास गरेका छन्।
यो चुनौतीमा २४ घण्टाभित्र १००० माइल (१६०९ किमि) यात्रा पूरा गर्नुपर्ने र यसलाई विश्वकै सबैभन्दा कठिन सहनशीलता परीक्षण मानिने कम्पनीले जनाएको छ।
दुवै जनाले अत्यन्त योजनाबद्ध रूपमा, उच्च आत्मबलका साथ यो यात्रा सुरू गरेका थिए। जसमा उनीहरूले सीएफमोटो ४५०एमटी र सीएफमोटो ४५०एनके नामक दुई फरक तर शक्तिशाली मोटरसाइकल प्रयोग गरे।
तर, केही महत्वपूर्ण भागहरूमा प्रतिकूल मौसमका कारण सुरक्षालाई ध्यानमा राख्दै यात्रालाई बीचमै रोक्नुपरेको थियो। यो प्रयास पूरा हुन नसके पनि यसले नेपालको सहनशीलता राइडिङ समुदायलाई विश्व स्तरमा चिनाउने एउटा ऐतिहासिक सुरुवात भने बनाएको कम्पनीको दाबी छ।

दुई फरक मोटरसाइकल, एउटै लक्ष्य
यो यात्राको रोचक पक्ष भनेको दुई फरक स्वभावका सीएफमोटो मोटरसाइकलहरूको प्रयोग थियो।
प्रमोद श्रेष्ठले विशेष रूपमा एडभेन्चर टुरिङका लागि बनाइएको सीएफमोटो ४५० एमटी प्रयोग गरेका थिए।
यसको आरामदायी सिटिङ पोजिसन, मृदु सस्पेन्सन र हावा प्रतिरोधी डिजाइनले यसलाई नेपालको विविध भूभागमा यात्रा गर्न आदर्श बनाएको दाबी गरिएको छ।
उता स्वप्न प्रधानले शहरी र प्रदर्शन-केंद्रित राइडिङका लागि डिजाइन गरिएको सीएफमोटो ४५० एनके प्रयोग गरेका थिए। यो स्ट्रीट-नेकेड बाइक हो। तर लामो दूरीका यात्रामा पनि यसले असाधारण स्थिरता, पावर डेलिभरी र बहुप्रयोजन क्षमताको प्रदर्शन गर्दै सबैलाई प्रभावित गरेको थियो।
दुवै मोटरसाइकलले उत्कृष्ट प्रदर्शन गरेको कम्पनीले जनाएको छ। यसले सीएफमोटो ब्रान्डको विश्वसनीयता, बहुप्रयोजनता र सहनशीलतालाई स्पष्ट रूपमा देखाएको कम्पनीले जनाएको छ।
“नेपाल मोटरसाइकल एडभेन्चर स्पोर्ट्सका लागि तयार छ”, यात्राभरि श्रेष्ठ र प्रधानले भने, “यो व्यक्तिगत उपलब्धि मात्र होइन, नेपालको आत्मा र सम्भावनाको अभिव्यक्ति हो। हामी विश्वलाई देखाउन चाहन्छौं कि नेपालसँग एडभेन्चर मोटरसाइकलिङका लागि आवश्यक भूगोल, भावना र साहस दुवै छ।”

Shares

प्रतिक्रिया