मारुती सुजुकीको नयाँ मिड–साइज एसयूभी भिक्टोरिस नेपाल आउने भएको छ। नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सीजी माटोकर्पले भिक्टोरिस ल्याउने भएको हो।
अंग्रेजी नयाँ वर्षपछि नेपाली उपभोक्ताका लागि भिक्टोरिस उपलब्ध गराउने सीजीको योजना छ। भिक्टोरिस लन्च गर्नका लागि सीजीले भारतबाट ६ वटा नयाँ कार आयात प्रक्रिया अघि बढाइसकेको सीजीका प्रतिनिधिले जानकारी दिए। साथै कम्पनीले कारको व्यापारिक प्रचारप्रसार पनि गरिसकेको उनले जानकारी दिए।
मस्ट फिचर लोडेड एसयूभी भिक्टोरिस सेप्टेम्बरमा भारतमा सार्वजनिक भएको थियो। भारतीय बजारमा भिक्टोरिसले राम्रो प्रतिक्रिया प्राप्त गरेको छ। नेपाली बजारमा भिक्टोरियसलाई हुन्डाई क्रेटाको प्रतिस्पर्धीको रुपमा लिइएको छ।
भिक्टोरिस पेट्रोल, सीएनजी र हाइब्रिड इन्जिनमा उपलब्ध छ। तर नेपालमा भने पहिलो चरणमा पेट्रोल इन्जिनको भिक्टोरिस उपलब्ध हुनेछ।
भिक्टोरिसमा १४९० सीसी इन्जिन छ।

पेट्रोले भर्सनले अधिकतम २९ किलोमिटर माइलेज दिन्छ। १४१.१४ बीएचपी अधिकतम पावर र १४१ एनएम अधिकतम टर्क प्रदान गर्छ।
कारको ग्राउन्ड क्लियरेन्स २१० एमएम, लम्बाइ ४३६० एमएम, चौडाइ १७९५ एमएम र ह्विलबेस २६०० एमएम छ। लेभल २ एडीएएस, इन्फिनिटी हार्मोनी साउन्ड सिस्टम र १०.२५ इन्च इन्स्ट्रुमेन्ट कल्स्टर छ। भिक्टोरिसले भारत एनक्याप र ग्लोबल एनक्याप क्रयास टेस्टमा ५ स्टार रेटिङ प्राप्त गरेको छ। भिक्टोरियस सुजुकी ब्रेजा भन्दा महँगो र ग्रान्ड भिटाराको भन्दा सस्तो हुने सीजीले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया