खेल


विराटनगरले लुम्बिनीलाई दियो एक सय ४५ रनको लक्ष्य

विराटनगरले लुम्बिनीलाई दियो एक सय ४५ रनको लक्ष्य

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १७:४०, काठमाडौँ

विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई जितका लागि एक सय ४५ रनको मध्यम लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार पहिले ब्याटिङ गरेको विराटनगरले आठ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको हो। लोकेश बमले बनाएको ३५ रन नै विराटनगरका लागि सर्वाधिक रह्यो। उनले ४२ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३५ रन बनाउँदा जेजे स्मिथको बलमा कट एन्ड बोल्ड हुन पुगे। 

त्यस्तै, बसिर अहमद २८ रन बनाउँदा क्याच आउट भए। साम हेजलेट २७ रन थप्दै आउट भए। फा डु प्लेसिस १२ रन बनाउँदा अविशेष गौतमको बलमा विकेटकिपरको हातबाठ आउट भए। 

प्रतिश जिसी ११ रन बनाउँदा रनआउट हुन पुगे। ओपनर जर्ज मुन्से शून्य र नारायण जोशी पाँच रनमा शेर मल्लको बलमा एलबीडब्लूको धरापमा परे। 

लुम्बिनीका लागि शेर मल्लले तीन विकेट लिए। उनले आफ्नो स्पेलमा २५ रन खर्चे। जेजे स्मिथ, रुबेन ट्रम्पलम्यान र अविनास बोहराले एक–एक विकेट लिए। 

विराटनगरले आजको खेलमा जित निकाले प्लेअफमा स्थान सुरक्षित गर्नेछ। लुम्बिनीको जितले भने कर्णालीबाहेक अन्य टोलीका लागि पनि प्लेअफको बाटो खुला हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad