कारोबार


मोडिफाइड फिचरसहित बजारमा आयो रोयल इन्फिल्डको अपडेटेड हन्टर ३५० (रिभ्यु)


सरोज नेपाल
पुस १४ , काठमाडौँ

बाइक पारखीका लागि पहिलो रोजाइ हो रोयल इन्फिल्ड। नयाँ बाइक किन्नुअघि यसैलाई सम्झिने धेरै छन्। खासगरी युवापुस्ताका लागि ड्रिम कम्पनी बनेको रोयल इन्फिल्डले आफ्नो चर्चित मोडल हन्टर ३५० को अपडेटेड भर्सन नेपाली बजारमा ल्याएको छ।

आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले सहरी प्रयोगलाई लक्षित गर्दै परिमार्जन तथा अपडेटसहित हन्टर ३५० नेपाली बजारमा प्रस्तुत गरेको हो। नयाँ मोडलमा के छ त त्यस्तो खास? 

कम्पनीका अनुसार डुअल च्यानल एबीएस, एलइडी हेडलाइट र रिट्युन गरिएको पछाडिको सस्पेन्सनलगायत फिचरहरु अहिले थप गरिएका छन्। यसका अतिरिक्त कम्पनीले सिटको कुसन पनि अघिल्लो संस्करणभन्दा बढी कम्फर्टेबल हुने गरी परिमार्जन गरेको छ।

फिचर
हन्टर ३५० मा ३४९ सीसीको सिंगल सिलिन्डर, ४ स्टोक, एयर–आयल कुल्ड इन्जिन छ। यस इन्जिनले २२.२ पीएस हर्सपावर ६१०० आरपीएममा र २७ एनएम टर्क ४००० आरपीएममा उत्पादन गर्छ। अपडेटेड भर्सनमा ग्राउन्ड क्लियरेन्स बढाएर १६० एमएम पुर्‍याइएको छ। अघिल्लो मोडलमा १५० एमएम मात्र थियो। साथै, नयाँ स्विचगियर र किल स्विच पनि समावेश गरिएको कम्पनीले जनाएको छ। 

चेसिसको रूपमा ट्विन–डाउन ट्युब स्पाइन फ्रेम प्रयोग गरिएको छ। फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन १३० एमएम ट्राभलसहित र रियरमा ६–स्टेप एड्जस्टेबल सस्पेन्सन ९२ एमएम ट्राभलसहित उपलब्ध छ। बाइकको ह्विलबेस १३७० एमएम, सिट हाइट ७९० एमएम र कर्ब वेट १८१ केजी रहेको छ।

त्यसैगरी सुरक्षा मजबुतीलाई अझ प्राथमिकता दिइएको कम्पनीको भनाइ छ। यसअनुसार ब्रेकिङ प्रणालीतर्फ, फ्रन्ट ११०/७०–१७ ट्युबलेस टायरसहित ३०० एमएम डिस्क ब्रेक र पछाडि १४०/७०–१७ टायरसहित २७० एमएम डिस्क ब्रेक राखिएको छ। नेपालमा लन्च भएको हन्टर ३५० मा ट्रिपर नेभिगेसन जडान गर्ने विकल्प पनि उपलब्ध रहेको छ। प्रति लिटर ३० किलोमिटर माइलेज प्रदान गर्ने हन्टर ३५० मा १३ लिटर क्षमताको फ्युल ट्यांक छ।

भेरियन्ट र मूल्य
हन्टर ३५० नेपालमा दुई भेरियन्टमा उपलब्ध छ। सिंगल टोन भेरियन्टको मूल्य ४ लाख ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ, जसमा ड्यापर ग्रे, रियो ह्वाइट र ग्रेफाइट ग्रे कलर उपलब्ध छन्।

डबल टोन भेरियन्टको मूल्य ४ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ, जसमा टोकियो ब्ल्याक, लन्डन रेड र रिबेल ब्लु कलर समावेश छन्। 
कम्पनीले हन्टर ३५० का लागि फाइनान्स र एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको जनाएको छ। इच्छुक ग्राहकहरूले रोयल इन्फिल्डको टेकु शोरुमबाट बाइक अवलोकन तथा बुकिङ गर्न सक्नेछन्।


 

पुस १३, २०८२ आइतबार १९:१२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad