कारोबार


दिपल ईभीको ग्राउन्ड ब्रेकिङ संस्करण ‘ट्रान्सफर एक्स’ आउँदै

दिपल ईभीको ग्राउन्ड ब्रेकिङ संस्करण ‘ट्रान्सफर एक्स’ आउँदै

नेपालखबर
पुस २७, २०८२ आइतबार ११:५८, काठमाडौँ

गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ लाई नेपाली अटोबजारमा सार्वजनिक गरेर नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लु वृद्धिले ईभीको नयाँ ग्राउन्ड ब्रेकिङ संस्करण ट्रान्सफर्मर एक्स सार्वजनिक गर्ने तयारी गरेको छ। 

 ई०७ले एउटा बटन थिच्नेबित्तिकै प्रिमियम एसयुभीबाट पिकअपमा रुपान्तरण हुने अद्भुत क्षमतामार्फत एसयुभीको परिभाषा नै बदलिदिएको थियो। अब ट्रान्सफर्मर एक्स यसै नवप्रवर्तनलाई अझ उचाइमा पुर्याउँदै लक्जरी, स्मार्ट कम्फर्ट र क्षमताको नयाँ स्तर स्थापित गर्न तयार छ। 

यो नयाँ ई०७ मा एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम रहेको छ जसले म्याजिक कार्पेटको अनुभव दिलाउँछ। यस अत्याधुनिक प्रविधिमा अन्टिनियस ड्याम्पिंग कन्ट्रोल (सिडिएस), अधिकतम २२३ एमएमसम्म समायोजना गर्न सकिने ग्राउन्ड क्लेरेन्स साथै सहज राजमार्ग र कठिन भूभाग दुवैका लागि छुटाछुटै ड्राइभिङ मोडहरु उपलब्ध छन् जसले नेपालका विविभ सडक अवस्थामा उत्कृष्ट यात्रा कम्फर्ट र स्थिर ह्यान्डलिंग सुनिश्चित गर्छ।

साथै नयाँ ई०७ मा चारै यात्रुका लागि मसाज, हिटेड, भेन्टिलेटेड र वेलकमिंग सिट रहेको छ  जसले हरेक यात्रालाई फस्ट क्लास अनुभवमा परिणत गर्छ। प्रिमियम नाप्पा लेदर सिट, मेमोरीसहितको १४ वे पावर एड्जस्टेबल फ्रन्ट सिट र लामो यात्राका लागि विशेष जिरो ग्राभिटी रिल्याक्सेसन मोडले लक्जरी अनुभवलाई नयाँ उचाइमा पुर्याउनेछ। 

पछाडिका यात्रुहरुले पनि अझ बढी नियन्त्रण र सुविधा अनुभव गर्न सक्नेछन्। पछाडिको सिटबाटै ट्रंक र रियर डोम संचालन, सिटको हिटिंग र भेन्टिलेसनको स्वतन्त्र नियन्त्रण, सनसेड र एअर कन्डिसनिंग एड्जस्टमेन्ट साथै छुटै रियर सिट फल्डिंग कन्ट्रोल सिस्टम उपलब्ध हुनेछ जसले पछाडिको क्याबिनलाई नै लक्जरी कमाण्ड जोनमा रुपान्तरण गर्छ। यी सबै सुविधाले नयाँ दिपल ई०७ ट्रान्सफर्मर एक्सलाई अहिलेसम्मकै उन्नत संस्करणका रुपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad