कारोबार


यस्तो छ यामाहाले ल्याएको नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल

यस्तो छ यामाहाले ल्याएको नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल

नेपालखबर
चैत ९, २०८२ सोमबार ११:३६, काठमाडौँ

यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ। 

काठमाडौंको कमलादीस्थित करिब ७८.५ मिटर (२५६ फिट) अग्लो स्काइ टावरमा उक्त मोटरसाइकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। 

सँगसँगै यामाहाले अनुप विक्रम शाहीलाई ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरेको छ। यामाहाले एफजेड सिरिजबाट आएको हाइब्रिड मोटरसाइकलको अनावरण गरेको हो। यो सन् २००८ मा लन्च भएदेखि नै प्रदर्शन र सडक उपस्थितिका लागि परिचित मोडेल हो। यसमा १४९ सीसी फ्युल-इन्जेक्टेड इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग संयोजन गरिएको उन्नत हाइब्रिड प्रणाली प्रस्तुत गरेको छ।

नेक्स्ट-जेनेरेशन हाइब्रिड प्रणालीले परम्परागत दक्षताका अलावा थप क्षमता प्रदान गर्दछ। साधारण मोटरसाइकलको तुलनामा यसले इलेक्ट्रिक असिस्ट मार्फत उच्च गतिको एक्सेलेरेशन, सहज स्टार्ट–स्टप प्रणाली, सुधारिएको इन्धन खपत र कम उत्सर्जन उपलब्ध गराउँछ। विशेषगरी सहरी आवागमनका लागि उपयुक्त यो प्रणालीले सुरुवाती गति र कम स्पिडमा सहज पावर डेलिभरी प्रदान गर्छ, जसले नेपालको जस्तो बदलिँदो यातायात आवश्यकताका लागि आधुनिक र व्यावहारिक समाधान दिन्छ।

नेपालभर इन्धनको मूल्यका साथै ट्राफिक जामको समस्या पनि उत्तिकै बढ्दै गइरहेको अवस्थामा हाइब्रिड प्रविधिलाई दैनिक आवागमनका लागि एक अग्रगामी समाधानका रूपमा हेरिएको छ। परम्परागत इन्जिनको विश्वसनीयतालाई स्मार्ट ब्याट्री-असिस्टेड पर्फर्मेन्ससँग संयोजन गरेर यस मोटरसाइकलले ६०+ कि.मी प्रति लिटरभन्दा बढीको माइलेज, कम सञ्चालन खर्च तथा वातावरणमैत्री राइडिङ अनुभव प्रदान गर्दछ, जुन नेपालको विविधतायुक्त भू-भागका लागि अति उपयुक्त छ।

कार्यक्रममा विष्णु कुमार अग्रवालले भने, “यो अनावरण नेपालमा यामाहाका लागि एक महत्वपूर्ण पाइला हो। हामी मोटरसाइकल सेगमेन्टमा हाइब्रिड प्रविधि भित्र्याएर अझ स्मार्ट र जिम्मेवार प्रदर्शनतर्फ अघि बढिरहेका छौं। यामाहा नेपाली राइडरहरूका लागि उन्नत विश्वस्तरीय प्रविधि ल्याउन प्रतिबद्ध छ।” 

उनले यामाहा सधैं उन्नत र प्रमाणित प्रविधिका लागि चिनिने ब्रान्ड भएको उल्लेख गर्दै यसको भरपर्दो फ्युल-इन्जेक्सन (एफआई) प्रणालीजस्ता प्रविधिहरूले नवप्रवर्तन र प्रदर्शनमा ब्रान्डको पहिचानलाई थप मजबुत बनाएको बताए।

नयाँ मोटरसाइकलमा प्रदर्शन, सुरक्षा र आरामलाई ध्यानमा राखेर विभिन्न सुविधाहरू समावेश गरिएको छ। १३५ केजी तौलको हल्का संरचनामा बनेको यो बाइकले राम्रो एजलिटी र पावर-टु-वेट अनुपात प्रदान गर्छ। यसमा सिंगल-च्यानल बोश एबीएस, २२० एम एम रियर डिस्क ब्रेक तथा चौडा रेडियल टायर प्रयोग गरिएको छ, जसले राम्रो पकड र स्थिरता दिन्छ। हाइब्रिड असिस्ट प्रणालीले यसको प्रतिक्रिया क्षमतालाई अझ बढाएको छ, जसले यसलाई साधारण मोटरसाइकलभन्दा फरक बनाउने कम्पनीको दाबी छ।

कार्यक्रममा उत्पादन प्रदर्शनीसँगै २००८ देखि २०२६ सम्मको एफजेट सिरिजको विरासत प्रस्तुत गरिएको थियो। 

यो मोटरसाइकलमा यामाहाको मौलिक डिजाइन शैली र आधुनिक सुविधाहरू पनि समावेश छ। यसमा अलग-अलग हाई र लो बीम भएको एलईडी हेडलाइट, इन्टिग्रेटेड बडी साइडलाइट, दुई तहको सिट, परिष्कृत ध्वनिसहितको मिडशिप मफलर तथा इन्जिन अन्डर काउल समावेश गरिएको छ, जसले सुरक्षा र स्पोर्टी लुक दुवै बढाउँछ। साथै नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र ई२० फ्युल अड्याप्टिबिलिटी जस्ता आधुनिक सुविधाले यसको भविष्य-उन्मुख डिजाइनलाई अझ स्पष्ट बनाउँछ।

यामाहाको देशव्यापी नेटवर्कले ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाएको छ। नेपालभर रहेका १०० डिलरशिप, ९५ पूर्ण सेवा केन्द्र र ११७ आधिकारिक सेवा प्रदायक (एएसपी) मार्फत कम्पनीले भरपर्दो आफ्टर सेल्स सर्भिस, असली स्पेयर पार्ट्सको सहज उपलब्धता र सहज स्वामित्व अनुभव पर्दान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad