कारोबार


नाडाका नवनिर्वाचित अध्यक्षले भेटे बागमतीका मुख्यमन्त्री, उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

नाडाका नवनिर्वाचित अध्यक्षले भेटे बागमतीका मुख्यमन्त्री, उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

नेपालखबर
चैत ९, २०८२ सोमबार १८:३, काठमाडौँ

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियासँग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेको छ।

सो भेटघाटमा मुख्यमन्त्री बानियाँले अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय कार्यसमिति गठन भएकोमा हार्दिक बधाई तथा शुभकामना दिदै कार्यकालको सफलताको कामना समेत गरेको नाडाले जनाएको छ। 

सोही क्रममा मुख्यमन्त्री बानियाँले ५० वर्ष पुगेको नाडासँग राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै तहको सरकारको अनुभव रहेको भन्दै प्रसंशा गरेका थिए। 

छलफलको क्रममा उनले देशको ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमा नै दर्ता हुने गरेको सन्दर्भमा राजधानीमा ट्राफिक र पार्किङ्ग लगायतका विभिन्न समस्याहरु रहेकोले यसको समाधानका लागि प्रदेश सरकार र नाडा सहकार्य गरेर अघि बढनुपर्ने धारणा राखेका थिए। 

यसैक्रममा मुख्यमन्त्री बानियाँले देशका लागि आवश्यक हुने जनशक्ति तयार गर्ने, त्यसका लागि रोजगारी दिने र सवारी साधनहरुका लागि ट्रायल सेण्टर खोल्ने सम्बन्धमा पनि प्रदेश र नाडाविच सहकार्य गरेर अघि बढन सकिने धारणा राखे। 

सो छलफलको क्रममा नाडाका अध्यक्ष उपे्रतीले नाडा ७ वटा प्रदेशसहित २८ सय ८३ सदस्य कम्पनीहरु रहेको बताउँदै नेपालको अटोमोबाइल क्षेत्रमा १ खर्बभन्दा बढीको लगानी रहेको बताए। सोही क्रममा अध्यक्ष उपे्रतीले नेपालको अटोमोवाइल क्षेत्रमा वार्षिक ५००० जनशक्तीको आवश्यकता हुने जानकारी समेत दिए। यसैक्रममा अध्यक्ष उपे्रतीले नाडाले बागमती प्रदेश सरकारसँग कुन कुन क्षेत्रमा सहकार्य गरेर अघि बढन सकिन्छ त्यस विषयमा मोडालिटी तयार गरी पेस गरिने बताए।

सोही अवसरमा नाडाका निबर्तमान अध्यक्ष करण चौधरीले नेपालको प्रतिभा पलायनलाई रोक्न नेपालको अटोमोबाइल क्षेत्रले सक्दो प्रयत्न गरिरहेको, नाडाले सीपमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरिरहेको भन्दै प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढन चाहेको धारणा राखे।

उक्त छलफलको क्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल प्रविधि तीव्रगतिले परिवर्तन भईरहेकोले त्यहि स्तर र प्रकारको प्राविधिक जनशक्ति उत्पादन गर्दै जानुपर्ने चुनौती रहेको, नाडाले यसका लागि परिष्कृत पाठयक्रम समेत तयार गरिरहेको, आवश्यक तालिमका लागि संशाधनको अभाव मात्र होइन उस्तै ट्रेनरहरु समेतको खाँचो रहेको औँल्याए।

उक्त छलफलमा नाडाका संस्थागत उपाध्यक्षद्वय भद्र भण्डारी तथा गणेश भट्टराई, उपाध्यक्षद्धय विक्रम सिंहानिया तथा अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक समेतको उपस्थिति रहेको थियो। त्यसैगरी सो छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य दिपकराज गिरी, नारायणप्रसाद पौडेल र राजेश गिरी समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad