कारोबार


११ गतेदेखि पोखरामा वाडा अटो शो, कस्तो छ तयारी?

११ गतेदेखि पोखरामा वाडा अटो शो, कस्तो छ तयारी?

नेपालखबर
चैत ९, २०८२ सोमबार १८:२१, काठमाडौँ

पहिलो संस्करणमा प्रदर्शक तथा अवलोकनकर्ताहरूको उल्लेख्य सहभागितापछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)ले यही चैत ११ देखि १५ गतेसम्म पोखरामा दोस्रो वाडा अटो शो गर्दै छन्। 

नेपालको पर्यटकीय राजधानी सुन्दर नगरी पोखराको लेकसाइड, ताल बराही चोकस्थित खेल मैदानमा ‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना गरिन लागेको हो। 

प्रदेशकै सबैभन्दा बृहत् अटो प्रदर्शनीमा पोखरा महानगरपालिका प्रबद्र्धक रहेको छ भने प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले गरी रहेको छ । प्रदर्शनी सञ्चालनलाई सहजबनाउन प्रायोजनगरी सहयोग प्रदान गर्ने, पावर्डबाईमा राइड इनर्जी, इन्सुरेन्स पार्टनरमा शिखर इन्सुरेन्स, हस्पिटल पार्टनरमा दिर्घायु पोखरा हस्पिटल, टिकटिङ्ग पार्टनरमा खल्ती एप, क्यु आर पार्टनरमा युनियन पे, हस्पिटालिटी पार्टनरमा टेम्पल बेल, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिटको प्रा.लि., फर्निचर पार्टनरमा सिटिजन फर्निचर, प्रिन्टिङ्ग पार्टनरमा पोखरा क्रिएटिभ्स प्रा.लि. जस्ता प्रतिष्ठत संस्थाहरू रहेका छन्।

यस संस्करणमा सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास बारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनुका साथै अवलोकनकर्ताहरूलाई प्रशंसनीय सेवा प्रवाहमा जोड दिइने छ । अटो व्यवसायको सुदृढिकरण एवं प्रबद्र्घन, क्षेत्रिय बजारमा हाम्रो सहज पहुँच तथा बढ्दो मागलाई ध्यानमा राखी नेपालमै उत्पादनको सम्भाव्यतालाई समेत समयानुकुल दिशानिर्दिष्ट गर्नका लागि आवश्यक एवं व्यवस्थित वातावरण निमार्ण गर्न यस व्यापारिक प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेमा आयोजक विश्वस्त रहेको छ ।

नेपाल समृद्धितर्फ उन्मुख हुँदै गर्दा सक्रिय अर्थतन्त्र तथा सामाजिक सामिप्यताका लागि यातायात गतिशिलता अती आवश्यक पर्दछ । यस अर्थमा सवारी साधन आज विलाशिता भन्दा पनि आवश्यक्ताको वस्तु बन्दै गइरहेको छ । यसै आवश्यक्तालाई महसुस गर्दै क्षेत्रीय लगायतं केन्द्रमा रहेका अटो व्यवसायी समकक्षीहरूलाई एउटै छाना मूनि भेला गराई सहज व्यवसायिक वातावरण निर्माण गर्नु पनी यस प्रदर्शनीको उद्देश्य रहेको छ । आयोजकका अनुसार विभिन्न जिल्लाहरू एवं प्रदेशहरूबाट हुने व्यवसायिक भेलाले अटो व्यवसाय प्रबद्र्घन मात्र नभई आन्तरिक पर्यटन्लाई समेत टेवा पु¥याउने छ । साथै यस प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यवसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बन्न सक्ने आयोजकहरूको विश्वास रहेको छ ।

नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६ मा १६ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, १० वटा ब्राण्डका २–पाङ्ग्रे, एउटा हेभी कमर्शियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तिय संस्थाहरूका २० वटा स्टलहरू रहने छन् । 

प्रदर्शनीको थप आकर्षणका निम्ति तथा नया पुस्तालाई नेपालमा भित्रिएका र गुडाइएका एैतिहासिक पुराना मोडलका कारहरूको जानकारी उपलब्ध गराउने उदेश्यकासाथ यस संस्करणमा विशेष भिन्टेज कार शोको आयोजना गरिने छ । यसकासाथै अत्याधुनिक प्रविधि विकास एवं नवपरिवर्तन संग आम सर्वसाधारणलाई साक्षात्कार गराउनकालागि रोबोटहरू पनि प्रदर्शनमा राखिने छ जसमा युनीट्रि जि वान ह्युमानोइड रोबोट, युनीट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरू रहने छन् ।

गण्डकी प्रदेशमा दोस्रो पल्ट हुन गइरहेको यस प्रदर्शनीमा एम्पियर, एथर अकवेल, बीवाईडी, चेरी वान्डा, चेतक, दीपल, डोङफेङ, फोर्थिङ, ग्यारो, ह्युन्डाई, केयी, कामा, किया, लिप मोटर्स, म्याक्सस, उमजी, न्यु गोनाउ, निसान, ओमोडा जेइको, प्रोटोन, रोयल इन्फिल्ड, स्काईवर्थ, एसएमएल इसुजु, सुजुकी, सुजुकी, टाटा, टिभीएस, एक्सप्रेस टी, यमाहा र जोन्ट्सजस्ता प्रख्यात ब्राण्डहरूका सवारी साधनहरु को सहभागिता रहने छ ।

५ दिन सम्म चल्ने यस दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६मा लगभग ४५००० आगन्तुकहरूले अवलोकन गर्ने विश्वासका आयोजकको रहेको छ । टिकटमा विशेष आकर्षण स्वरूप खल्ती एपबाट टिकट खरिद गर्दा प्रत्येक दिन पहिलो १०० जना साधारण टिकटमा पचास प्रतिशत तथा पहिलो १०० जना विद्यार्थी टिकटमा सय प्रतिशत फिर्ता हुने गरी यस अटो शोका क्यु आर पार्टनर युनियन पेद्वारा क्यास ब्याकको व्यवस्था गरिएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad