कारोबार


किंग लङ्गको नयाँ १६ सिटर सार्वजनिक, सुरु मूल्य ७२ लाख ५० हजार

सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा भव्य लन्च सम्पन्न
किंग लङ्गको नयाँ १६ सिटर सार्वजनिक, सुरु मूल्य ७२ लाख ५० हजार

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १८:१४, काठमाडौँ

सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग लङ्ग १६ सिटर इलेक्ट्रिक भ्यान औपचारिक रूपमा सार्वजनिक गरेको छ।

यस नयाँ मोडेलले नेपालको व्यवसायिक विद्युतीय सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।

लन्च कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का वडा अध्यक्ष प्रेम थापाले रिबन काटेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।

यस १६ सिटर भ्यानको मुख्य विशेषता यसको ७५.४१ केडब्लुएच ब्लेड ब्याट्री हो, जुन यस सेग्मेन्टमै पहिलो हो। यो ब्याट्रीले उच्च सुरक्षा, लामो आयु र उत्कृष्ट रेंज प्रदान गर्दै दैनिक सञ्चालनलाई अझ विश्वसनीय बनाउँछ।

यससँगै १२० किलोवाटको शक्तिशाली मोटरले सशक्त परफर्मेन्स सुनिश्चित गर्छ भने आरामदायी र फराकिलो इन्टेरियरले यात्रुहरूको यात्रा अनुभवलाई अझ सहज र सुखद बनाउँछ।

किङलङ सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको बस तथा कमर्शियल भेहिकल निर्माता कम्पनी हो। तीन दशकभन्दा लामो अनुभवसहित कम्पनीले बस, कोच र कमर्शियल भ्यान निर्माणमा विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।

सीजी मोटर्सका अनुसार यो सवारी नेपालमा बढ्दो इको–फ्रेन्डली, सुरक्षित, उच्च क्षमता र किफायती यातायात समाधानको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको हो।नेपालभर किंग लङ्गले हालसम्म ५,०००+ युनिट बिक्री, २६०+ चार्जिङ स्टेशन, २०+ सर्भिस स्टेशन र १४ डिलर नेटवर्कमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ।

नयाँ किंग लङ्ग १६ सिटर ७२ लाख ५० हजार रुपैयाँ प्रारम्भिक मूल्यमा उपलब्ध छ। जसले यातायात व्यवसायी र फ्लीट अपरेटरहरूका लागि आकर्षक विकल्प प्रस्तुत गर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad