कारोबार


बानेश्वर र सीतापाइलामा हिरोले खोल्यो अत्याधुनिक शोरुम

बानेश्वर र सीतापाइलामा हिरोले खोल्यो अत्याधुनिक शोरुम

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १७:२४, काठमाडौँ

हिरो मोटर कर्प नेपालले काठमाडौंस्थित बानेश्वर र सीतापाइलामा आफ्नो नयाँ डिलरको हिरो मापदण्डअनुसारको अत्याधुनिक शोरुमको औाचारिक उद्घाटन गरेको छ।

उक्त कार्यक्रममा हिरो मोटोकर्प भारतका एशिया व्यवसाय प्रमुख, सी.जी. मोटर्स प्रा.लि.का व्यवसाय प्रमुख, मार्केटिङ प्रमुख, अन्य अतिथि, स्थानीय व्यवसायी, ग्राहक, मिडिया प्रतिनिधि लगायत हिरो पारखी ग्राहकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

हिरोको नयाँ शोरुममार्फत ग्राहकहरुले हिरोका नवीनतम प्रविधिजडित मोटरसाइकल तथा स्कुटरका मोडलहरु एउटै स्थानमा अवलोकन तथा खरिद गर्न सक्नेछन्। साथै आधुनिक विक्री सेवा, जेन्युन स्पेयर पार्ट्स, सरल रुपमा फाइनान्सको सुविधा तथा दक्ष टेक्निसियनहरु मार्फत सर्भिसको सुविधा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

कार्यक्रममा डिलर प्रितिनिधिहरुले ग्राहकको विश्वास नै सबैभन्दा ठूलो उपलब्धि हुने हुँदा नयाँ शोरुमको सुरुवातसँगै अझ उत्कृष्ट सेवा, आधुनिक सुविधा र गुणस्तरयी अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको बताएका थिए। उद्घाटन अवसरमा विशेष आकर्षणस्वरुप नयाँँ बाइक तथा स्कुटर प्रदर्शन, टेस्ट राइड सुविधा, उद्घाटन अफरहरु, उपहार तथा पैसा फिर्ता योजना र साटफेर अफरहरुको व्यवस्था गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad