अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। दुर्घटनामा २६ यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पाणिनी गाउँपालिका वडा नम्बर ८ दुर्गा फाँट कुडेलेमा ध१ख ५०४ नम्बरको बस दुर्घटना भएको हो।
दुर्घटनाका घाइते २० जनाको मिसन अस्पताल पाल्पा र ६ जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पर्वत जिल्लाको मोदी गाउँपालिका पातिचौरबाट अर्घाखाँची जिल्लाको सुपादेउराली दर्शन गर्न गएको दर्शनार्थी सवार बस सडकबाट अन्दाजी १२० मिटर तल खसेर दुर्घटना भएको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
123
Shares

प्रतिक्रिया