समाज


सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १७:४०, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिज, धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार इन्स्पेक्टर अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनले कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ्ग कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने तथा फिल्डमा माटो/ग्राभेल झार्न नदिई विभिन्न बहाना बनाई दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारले जनाएको छ।

आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले सशस्त्र प्रहरी निरीक्षक अधिकारीलाई सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad