समाज


स्कूलको हिउँदे र बर्से बिदा घटाउन परिपत्र

स्कूलको हिउँदे र बर्से बिदा घटाउन परिपत्र

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १७:४२, काठमाडौँ

सातामा दुई दिने बिदा निर्णयलाई ध्यानमा राखेर सरकारले स्कूलमा हिउँदे र बर्से बिदा घटाउन परिपत्र गरेको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले मंगलबार सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई परिपत्र गरेको हो। केन्द्रका निर्देशक डा.श्यामप्रसाद आचार्य पठाएको पत्रमा शिक्षण संस्थामा शनिबार र आइतबारको बिदा दिन भनिएको छ। 

दुई दिने बिदाले गर्दा पाठ्यक्रमले तोकेअनुसारको कार्यघण्टालाई असर नपर्ने गरी अन्य व्यवस्था गर्न ६ बुँदे निर्देशन दिइएको छ। ‘प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट व्यवस्थापन गर्ने,’ पत्रमा भनिएको छ। 

त्यस्तै, सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न भनिएको छ। यससँगै हिउँदे र बर्से बिदाको अवधि ३० दिन कायम गर्न पत्राचार गरिएको छ। यसअघि हिउँदे र बर्से बिदा ४५ दिन हुने गरेको थियो। 

यससँगै पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्यांकनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्नेगरी व्यवस्थापन गर्न भनिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिनलाई उपयोग गर्न सुझाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad