कारोबार


बीवाईडी अट्टो २ को माग बढ्यो, १ हजार बढी ग्राहकले पाउँदै छन् डेलिभरी

बीवाईडी अट्टो २ को माग बढ्यो, १ हजार बढी ग्राहकले पाउँदै छन् डेलिभरी

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १४:१२, काठमाडौँ

इन्धनको मूल्य आकाशिएसँगै बजारमा विद्युतीय सवारीसाधनको माग बढेको छ।

पेट्रोल र डिजलमा भएको अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ताहरु विद्युतीय सवारीतर्फ मोडिएका हुन्। 

योसँगै विद्युतीय सवारी बुकिङ गर्ने उपभोक्ताको संख्यामा पछिल्लो समय वृद्धि आएको बीवाईडी नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकका नेशनल सेल्स हेड आशुतोष गौतमले जानकारी दिए। 

पछिल्लो समय बीवाईडी अट्टो २ किन्न आउने ग्राहकको संख्यामा उल्लेखनीय वृद्धि भएको गौतम बताउँछन्। 

‘अहिले बीवाईडी अट्टो २ को बुकिङ धेरै आएको छ। हालसम्म एक हजारभन्दा बढी बीवाईडी अट्टो २ बुकिङ भइसकेको छ। दैनिक औसतमा १० देखि १५ वटा बुकिङ आइरहेको छ’, गौतमले भने। 

बीवाईडी अट्टो २ को मागभन्दा आपूर्ति कम हुँदा गाडी किन्न खोज्ने ग्राहकले पनि समयमा गाडी पाइरहेका छैनन्। 

‘बीवाईडी २ को माग नेपालमा मात्र हैन, विश्व बजारमा उच्च छ। पछिल्लो समय पश्चिम एसियामा जारी द्वन्द्वका कारण उत्पादन सुस्त भएको छ। यसले गर्दा मागअनुसारको गाडी आयात गर्न नसक्दा डेलिभरीमा ढिलाइ भएको हो’, उनले भने।

उनका अनुसार बुकिङ लिएका एक हजारभन्दा बढी ग्राहक बीवाईडी अट्टो २ को प्रतीक्षामा रहेका छन्। 

गौतमले भने, ‘गाडी आइरहेको छ। १५/२० को अवधिमा गाडी भन्सारबाट छुटिरहेका छन्। मासिक तीन सयदेखि तीन सय ५० बुकिङ आउँदा समयमा डेलिभरी दिन ढिलाइ भएको हो। कम्पनीले सुरुमा बुकिङ गर्नेलाई प्राथमिकतामा राख्दै डेलिभरी दिइरहेको छ।’

हाल बुकिङ गरेको ३० देखि ४५ दिनमा डेलिभरी भइरहेको उनले जानकारी दिए। 

किफायती मूल्य र अत्याधुनिक फिचरसहित साइमेक्स इंकले नाडा अटो शो २०२५ मा बीवाईडी अट्टो २ सार्वजनिक गरेको थियो।

नाडा अटो शोमा बुकिङ लिएर दसैंदेखि डेलिभरी दिन सुरु गरेको थियो। नेपाल भित्रिएको १ वर्षभन्दा कम अवधिमा १८ सयभन्दा बढी बीवाईडी अट्टो २ कम्पनीले ग्राहकलाई हस्तान्तरण गरिसकेको छ।

बीवाईडी अट्टो २ मा  ५१.१३ किलोवाट आवरको ब्लेड  ब्याट्री छ। जसले सिंगल चार्जमा डब्ल्यूएलटीपी रेन्ज ३४५ किलोमिटर प्रदान गर्छ।

यसका भएको १०० किलोवाटको परमानेन्ट म्याग्रेट सिन्क्रोनस मोटरले २९० एनएएम टर्क प्रदान गर्छ। गाडी ९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्षम छ। ग्राउन्ड क्यिरेन्स २०० एमएम छ। बीवाईडी अट्टो २ मा १२.८ इन्चको इन्टेलिजेन्स रोटटिङ टचस्क्रिन, एप्पल कारप्ले र एन्ड्रोइड अटोका साथै ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, भ्वाइस असिस्टेन्ट र वायरलेस स्मार्टफोन चार्जिङ लगायत अत्याधुनिक फिचर छ। 

यस्तै कारमा लेभल २ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) उपलब्ध छ। जसमा एडेप्टिभ क्रुज कन्ट्रोल (एसीसी), लेन डिपार्जर वार्निङ र असिस्ट (एलडीडब्लु एन्ड एलडीए), ट्राफिक जाम असिस्ट (टीजेए, अटो इमर्जेन्सी ब्रेकिङ (एईबी), इन्टेलिजेन्ट स्पिड लिमिट कन्ट्रोल (आईएसएलसी) र राडार सेन्सर सहितको ३६० डिग्री भ्यु मोनिटरलगायत फरच उपलब्ध छ। 

प्यासेन्जरको सुरक्षाका लागि ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलटी कन्ट्रोल (ईएससी), ट्रायाक्सन कन्ट्रोल (टीसीएस), हिल डिसेन्ट कन्ट्रोल (एचडीसी) र आईसोफिकस एंकर लगायत सेफ्टी फिचर उपलब्ध छ। जसको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ रहेको छ। 

४६ लाख रुपैयाँमा नेपालको भूगोल सुहाउँदो र अत्याधिक फिचरका कारण बीवाईडी अट्टो २ प्रति ग्राहकको रुची बढेको हो।

साथै बीवाई अट्टो २ को ग्राउन्ड क्लियरेन्स समान रेन्जका गाडीभन्दा बढी छ। बीवाईडीको प्रविधि प्रति ग्राहकको विश्वास बढ्दो छ। विश्व बजारकै साथै नेपाली बजारमा पनि बीवाईडीको प्रदर्शन उत्कृष्ट छ। गाडीका साथै बिक्री पछिको सेवाले गर्दा पनि बीवाई प्रति ग्राहकको विश्वास बढेको हो’, गौतमले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad