कारोबार


५० लाखसम्मका गाडीमा मूल्य घट्ने अर्थमन्त्रीको दाबी

५० लाखसम्मका गाडीमा मूल्य घट्ने अर्थमन्त्रीको दाबी

नेपालखबर
जेठ १८, २०८३ सोमबार ११:४५, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५० लाखसम्मका गाडीमा मूल्य घट्ने दाबी गरेका छन्।

नेपाल आर्थिक पत्रकार संघको बजेटपछिको अन्तर्क्रिया कार्यक्रममा विलासी गाडीमा मात्रै कर बढेको बताएका हुन्। 

उनले केही वर्षअघिसम्म  विद्युतीय गाडीको प्यानिट्रेशन बढाउन धेरै छुट दिएपनि अहिले आवश्यकता अनुसार कर लगाएको बताए। 

‘अहिले १ करोड सम्मका विद्युतीय गाडी चढेर हिड्नु विलाशिता हो। यो सबैले स्वीकार गर्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले भने,‘प्रधानमन्त्रीले ५० लाख तलका गाडीमा नबढाउन निर्देशन दिनुभएको थियो। ५० लाख माथिका गाडीमा बढाउँदा खासै फरक नपर्ने आशय थियो।’

उनले व्यवसायीहरु किलोवाटका आधारमा गाडी भित्राउँदा महालेखाले प्रश्न उठाएपछि तनावमा देखिएको बताए। उनले किलोवाटको सट्टा मुल्यका आधारमा लगाउँदा अटो व्यवसायीहरु समेत राहात महशुस गरेको बताए। 

उनले विद्युतीय गाडी पूर्ण रुपमा स्वच्छ उर्जा नभई ब्याट्री व्यवस्थापन गर्ने विषय पेचिलो रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad