कारोबार


बतास एमएडब्ल्यु कमर्सियल भेइकल्सले जित्यो हेभी कमर्सियल बस सेगमेन्टमा ‘ब्रेकथ्रु अवार्ड’

बतास एमएडब्ल्यु कमर्सियल भेइकल्सले जित्यो हेभी कमर्सियल बस सेगमेन्टमा ‘ब्रेकथ्रु अवार्ड’

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १४:५०, काठमाडौँ

भल्वो आइसर कमर्सियल भेइकल्सको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्ल्यु कमर्सियल भेइकल्स (बीएमसीभी) लाई थाइल्याण्डमा आयोजित भल्वो आइसर वार्षिक डिलरसिप सम्मेलन (एडीसी २०२६ एनुअल डिलरसिप कन्फ्रेन्स) मा हेभी कमर्सियल बस सेगमेन्टमा प्रतिष्ठित ‘ब्रेकथ्रु अवार्ड’ द्वारा सम्मान गरिएको छ। 

नेपालभर बस सेगमेन्टमा बतास एमएडब्ल्युको उत्कृष्ट प्रदर्शन र तीव्र बजार विस्तारको कदरस्वरुप भल्वो आइसर कमर्सियल भेइकल्स लिमिटेड (भीईसीभी) ले यो अवार्ड प्रदान गरेको हो । २०० भन्दा बढी डिलरलाई पछि पार्दै कम्पनीले यो सम्मानित अवार्ड प्राप्त गरेको र यसले चुनौतीपूर्ण तर आशाजनक बजारमा ब्रान्डको तीव्र र प्रभावकारी वृद्धिलाई प्रतिबिम्बित गरेको जनाइएको छ।

अवार्ड हात पार्नुले बतास एमएडब्लु कमर्सियल भेइकल्स र भल्वो आइसर कमर्सियल भेइकल्स बीचको बलियो र सफल साझेदारीको प्रमाण प्रस्तुत गरेको छ। यो उपलब्धि विशेष गरी आइसरको हेभी कमर्सियल बस ‘आइसर म्याजेस्टिक’ को उल्लेखनिय सफलतासँग जोडिएको छ। देशभरका सार्वजनिक यातायात व्यवसायी, ट्राभल कम्पनी तथा विभिन्न यातायात समितिहरूमाझ बलियो उपस्थिति बनाउँदै लगेको आइसर म्याजेस्टिकले छोटो समयमै बलियो विश्वास स्थापित गर्न सफल भएको छ । 

नेपालमा २०० भन्दा बढी म्याजेस्टिक बस नेपाली सडकमा सञ्चालनमा रहेका छन् भने ९५ भन्दा बढी सन्तुष्ट कम्पनी तथा यातायात समितिले फ्लिटको रुपमा प्रयोग गरिरहेका छन्। कम्पनीका अनुसार  ७५ लाख किलोमिटरभन्दा बढी दूरी पूरा गरेर सफल रुपमा सञ्चालनमा छन्। 

देशभरका २५ भन्दा बढी रुटमार्फत राजमार्ग र अन्तर प्रादेशिक करिडोरहरुमा सञ्चालन बीएमसीभीले आफ्ना ग्राहक, यातायात व्यवसायी, ट्राभल कम्पनी तथा समितिहरूप्रति आभार व्यक्त गरेको छ। आइसर म्याजेस्टिकलाई विश्वास गरेर आफ्नो फ्लिटमा समावेश गर्ने सबै ग्राहकको योगदानले नै यो सफलता सम्भव भएको र यसको श्रेय सबैलाई जाने बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad