बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ६६ अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ।
सोमबार बागमती प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन्।
जसमध्ये चालुतर्फ ३४ प्रतिशत र पुँजीगततर्फ ६६ प्रतिशत बजेट ल्याइएको हो। चालू आर्थिक वर्षको बजेटभन्दा आगामी आर्थिक वर्षको बजेट केही घटेको हो। चालु आर्थिक वर्षको लागि ६७ अर्ब ४७ करोडको बजेट ल्याइएको थियो।
318
Shares

प्रतिक्रिया