ad ad

कारोबार


स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४० करोडको ऋणपत्र जारी गर्दै, वार्षिक १०.३ प्रतिशत ब्याज

स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४० करोडको ऋणपत्र जारी गर्दै, वार्षिक १०.३ प्रतिशत ब्याज

नेपालखबर
माघ ११, २०७९ बुधबार १७:३, काठमाडौँ

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि. ले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४० करोड रकम बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। 

उक्त ऋणपत्र जारी गर्न सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको बैंकले जनाएको छ। यो ऋणपत्रको प्रतिइकाइ मूल्य १ हजार रुपैयाँ रहनेछ। यसको अवधि ५ वर्ष हुनेछ। यससम्बन्धी सम्पूर्ण कार्य एनआईबीएल एस क्यापिटलले गर्ने गरी सम्झौता भएको छ।

ऋणपत्रको लागि व्यक्ति र निजी संस्थाहरु जो नियमित आय आर्जन गर्न चाहन्छन्, उनीहरुले दरखास्त दिन सक्नेछन् । निष्काशन हुने कुल रकममध्ये १४ लाख ४० हजार कित्ता (१ अर्ब ४४ करोड रुपैयाँ बराबर) बराबरको ऋणपत्र निजी तवरमा र ९ लाख ६० हजार कित्ता (९६ करोड रुपैयाँबराबर) बराबरको ऋणपत्र सर्वसाधारण लगायत म्युच्युअल फण्डहरुको लागि सेयर आह्वानपत्र जारी गरेर बाँडफाँट गरिने बैंकले जनाएको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा संचालित एकमात्र अन्तर्राष्ट्रिय बैंक हो । साथै नेपालमा आईसीआरए नेपालद्वारा आईसीआरएएनपी–आईआर एएए श्रेणीका साथ समयमै वित्तीय दायित्वहरु प्रदान गर्ने सुरक्षित बैंकको रुपमा मान्यता दिइएको छ। 

हालैमात्र यो बैंकले न्यू बिज सम्मेलनमा बेस्ट म्यानेज्ड कमर्सियल बैंक नेपाल–२०२२ को पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .