ad ad

कारोबार


४४ प्रतिशतले घट्यो लघुवित्तहरूको नाफा पुससम्म साढे ३ अर्ब मात्रै कमाए

४४ प्रतिशतले घट्यो लघुवित्तहरूको नाफा पुससम्म साढे ३ अर्ब मात्रै कमाए

नेपालखबर
फागुन २, २०७९ मंगलबार १७:३७, काठमाडौँ

आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिक (पुस मसान्त)सम्म ५ दर्जन लघुवित्तले साढे ३ अर्ब रुपैयाँ नाफा गरेका छन्। 

गत वर्ष सोही अवधिमा लघुवित्तले ६ अर्ब ९ करोड रुपैयाँ नाफा गरेका थिए। गत वर्षको अवधिमा लघुवित्तको नाफा ४४ प्रतिशत कम हो। 

पुस मसान्तमा १० वटा लघुवित्तको मात्रै नाफा बढेको छ। अन्य ४० वटा लघुवित्तको नाफा गत वर्षको सोही अवधिको तुलनामा घटेको छ। त्यसैगरी ८ वटा लघुवित्त नोक्सानीमा छन्। 

१० लघुवित्तको नाफा बढ्यो?
आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमास (पुस मसान्त)सम्ममा १० लघुवित्तको नाफा बढेको छ। आरएमडिसी लघुवित्तको २२.५८ प्रतिशतले बढेर २० करोड ६५लाख पुगेको छ। 

त्यसैगरी साना किसान विकास लघुवित्तको नाफा ३३.८६ प्रतिशतले बढेर ४३ करोड ४९ लाख, छिमेक लघुवित्तको नाफा ११.५६ प्रतिशतले बढेर ५५ करोड ६० लाख ८२ हजार रुपैयाँ, स्वावलम्बन लघुवित्तको २.१६ प्रतिशतले बढेर २४ करोड १ लाख, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ३८.३४ प्रतिशतले बढेर ४४ करोड ४४ लाख, आरएसडिसी लघुवित्तको ६२.३३ प्रतिशतले ७ करोड ९४लाख, नाडेप लघुवित्तको ९३.५६ प्रतिशतले बढेर १ करोड ८० लाख, आशा लघुवित्तको ५८ प्रतिशतले ३ करोड ६९ लाख, नेष्डो समृद्धि लघुवित्तको २.२४ प्रतिशतले बढेर ११ करोड २ लाख र गणपति लघुवित्तको नाफा ४.५६ प्रतिशतले बढेर १ करोड १३ लाख पुगेको छ। 

नोक्सानीमा रहेका लघुवित्त? 
आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमास (पुस मसान्त)सम्ममा ८ वटा लघुवित्त नोक्सानीमा अर्थात ऋणात्मक छन। उपककार लघुवित्तको १ करोड ६१ लाख रुपैयाँ, मानुषी लघुवित्तको ४४ लाख ६६ हजार रुपैयाँ, विन नेपाल लघुवित्तको १ करोड ९ लाख ७१ हजार रुपैयाँ, ग्रामीण विकास लघुवित्तको १२ करोड ५९ लाख ९१ हजार रुपैयाँ, सामुदायिक लघुवित्तको ३१ लाख ७२ हजार रुपैयाँ, एनएमबी लघुवित्तको ८० लाख १० हजार रुपैयाँ र लक्ष्मी लघुवित्तको २ करोड ४० लाख ९ हजार रुपैयाँ ऋणात्मक रहेका छन्।

नाफा घटेका लघुवित्त? 
उन्नती सहकार्य लघुवित्तको नाफा ८२.१८ प्रतिशतले घटेर ४८ लाख ८९ हजार सीमित भएको छ। 

त्यसैगरी विजय लघुवित्तको नाफा ६६.७६ प्रतिशतले घटेर २ करोड १२ लाख, इन्फिनीटी लघुवित्तको नाफा ५० प्रतिशतले घटेर ४ करोड १० लाख, सबैको लघुवित्तको नाफा ८१ प्रतिशतले घटेर १ करोड ३ लाख, खप्तड लघुवित्तको नाफा ७८.३४ प्रतिशतले घटेर ४ लाख ७२ हजार, किसान लघुवित्तको ९५ प्रतिशतले घटेर १५ लाख ८२ हजार, जनउत्थान लघुवित्तको नाफा ९१.५३ प्रतिशतले घटेर ३५ लाख ५४ हजार, युनिक नेपालको ७७ प्रतिशतले घटेर ७१ लाख ४१ हजार र जीवन विकास लघुवित्तको नाफा ३७.३४ प्रतिशतले घटेर २६ करोड ४७ लाख रुपैयाँ सीमित भएको छ। 

जाल्पा लघुवित्तको नाफा ८६.०६ प्रतिशतले घटेर १ करोड २८ लाख, महिला लघुवित्तको ४६ प्रतिशतले घटेर ४ करोड ५५ लाख, नेशनल माइक्रोफाइनान्सको ३४.३१ प्रतिशतले घटेर १६ करोड १६ लाख, सीवाईसीको ५८.९७ प्रतिशतले घटेर २ करोड ३८ लाख, आँधिखोलाको ६५ प्रतिशतले घटेर १ करोड १२ लाख, फरवार्ड लघुवित्तको नाफा ७०.८२ प्रतिशतले घटेर १२ करोड ४० लाख, महुलीको ७८ प्रतिशतले घटेर ५८ लाख २८ हजार, नेरुडेको ५८.३९ प्रतिशतले घटेर ६ करोड ५७ लाख, स्वरोजगारको ४४ प्रतिशतले घटेर ५ करोड ४ लाख, मिर्मिरेको ५८ प्रतिशतले घटेर ५ करोड ६८ लाख र डिप्रोक्स लघुवित्तको नाफा घटेर ३५.६० प्रतिशतले घटेर २१ करोड ५३ लाख सीमित भएको छ। 

त्यसैगरी स्वाभिनामान लघुवित्तको नाफा ८६ प्रतिशतले घटेर २९ लाख ४३ हजार, स्वालम्बनको २ प्रतिशतले घटेर २४ लाख १ करोड, आदर्श लघुवित्तको ५० प्रतिशतले घटेर ७ लाख ३३ हजार, सृजनशीलको नाफा ३२.६९ प्रतिशतले घटेर १ करोेड ८ लाख, राष्ट्र उत्थानको ७७ प्रतिशतले घटेर ८३ लाख ८३ हजार, समीट लघुवित्तको ५३.४८ प्रतिशतले घटेर ३ करोड ८८ लाख, एनआइसी एशिया लघुवित्तको नाफा ६१ प्रतिशतले घटेर १४ करोड ९२ लाख, आरम्भ चौतारीको ५२ प्रतिशतले घटेर २ करोड ६ लाख, सूर्यादय बोमीको२० प्रतिशतले घटेर ६ करोड ९३ लाख , गुँरासको ९६ प्रतिशतले घटेर २ लाख ४७ हजार र सपोर्ट लघुवित्तको ७४ प्रतिशतले घटेर २४ लाख ९१ हजार सीमित भएको छ। 

साथै, मेरो माइक्रोफाइनान्सको नाफा ७६.९५ प्रतिशतले घटेर ६ करोड ७७ लाख, साधना लघुवित्तको नाफा ६५.८८ प्रतिशतले घटेर १६ करोड ८५ हजार, सिभिल लघुवित्तको नाफा ६४.३४ प्रतिशतले घटेर १ करोड १३ रुपैयाँ, मिथिला लघुवित्तको नाफा ३७.२५ प्रतिशतले घटेर २ करोड ७ लाख, समता लघुवित्तको नाफा १९ प्रतिशतले घटेर २ करोड ८५ लाख, कालिका लघुवित्तको नाफा ७२.५७ प्रतिशतले घटेर १ करोड ३१ लाख, ग्लोबल आइएमई लघुवित्तको नाफा ५८.१४ लाख २ करोड ६७ लाख, नयाँ सारथिको नाफा ५७.५७ प्रतिशतले घटेर २ करोड १४ लाख र निर्धन उत्थानको नाफा ६५.८८ प्रतिशतले घटेर १६ करोड ८५ लाख सीमित भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .