ad ad

कारोबार


चैतदेखि घट्ने भयो बैंकको ब्याजदर, ऋणीलाई राहत

चैतदेखि घट्ने भयो बैंकको ब्याजदर, ऋणीलाई राहत

नेपालखबर
फागुन २५, २०७९ बिहिबार ११:३३, काठमाडौँ

नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। बिहीबार बसेको बैंकर्स संघको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो। 

चैत १ गतेदेखि लागू हुने गरी साधारण निक्षेपमा ०.४ प्रतिशत ब्याजदर घटाइने भएको हो। त्यसैगरी कर्जाको प्रिमियममा ब्याजदर १ प्रतिशतले घटाइने भएको छ। 

वित्तीय संस्थाहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह भइरहेकोमा बढीमा ५ प्रतिशत थप्ने गरी निर्णय गरेका हुन्।

प्रिमियम १ प्रतिशतले घटाउने निर्णय चैत १ देखि लागू हुने भएको छ। 

आधार दर गत वर्षको पुसको औसत आधार दरको तुलनामा २९ प्रतिशतले बढेको छ । गत वर्ष पुसमा बैंकको आधार दर औसत ८.४२ प्रतिशत थियो।

तत्कालका लागि साना ऋणीलाई राहत हुने गरी प्रिमियम घटाउने निर्णय भएको छ। 

त्यस्तै कुल डिपोजिटको ब्याजदर १० प्रतिशत र बचतको ब्याजदर ०.४२ प्रतिशत विन्दुले घटाउने निर्णय भएको छ। यसको अर्थ बचतको ब्याजदर ६ देखि ८ प्रतिशतको बीचमा रहनेछ।

बैंकहरुसँग भएको कुल निक्षेपमा बचत खातामा भएको निक्षेपको हिस्सा २६ प्रतिशत छ। जसकारण बचतमा ब्याजदर घटाउने निर्णयले बैंकहरुको आधार दर र कर्जाको ब्याजदर घट्छ। मुद्दती निक्षेपमा भने फागुनकै ब्याजदर यथावत राखिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .