खेल


वान डेतर्फ आशिफ शेखले पूरा गरे १००० रन

वान डेतर्फ आशिफ शेखले पूरा गरे १००० रन

नेपाली ओपनर आशिफ शेख। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार ११:३८, काठमाडौँ

नेपाली ओपनर आशिफ शेखले एक दिवसीय क्रिकेटमा १ हजार रन पूरा गरेका छन्।

आशिफले आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा १ हजार रन पूरा गरेका हुन्।

आशिफले ३२ औं ओभरको दोस्रो बलमा ९० बलमा १० चौका र २ छक्का हान्दै वन डे क्रिकेटमा १ हजार रन पुरा गरेका हुन्। 

वन डे मा एक हजार रन पुरा गर्ने आशिफ दोस्रो खेलाडी हुन्।

यसअघि घरेलु मैदानमा भएको लिग २ अन्गर्ततको खेलमा कप्तान रोहित पौडेलले १ हजार रन पूरा गरेका थिए।

रोहितले नामिबियाविरुद्धको खेलमा १ हजार रन पूरा गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .