कारोबार


लगानीको वातावरण बनाउन एनआरएनए अस्ट्रेलियाले परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापनपत्र

लगानीको वातावरण बनाउन एनआरएनए अस्ट्रेलियाले परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापनपत्र

नेपालखबर
फागुन १, २०८० मंगलबार १८:११, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले परराष्ट्रमन्त्री एनपी साउदलाई विभिन्न विषयमा सहजीकरणको माग गर्दै ज्ञापनपत्र बुझाएको छ। 

अस्ट्रेलियामा रहेका परराष्ट्रमन्त्री साउदसँग विदेशमा रहेका नेपालीको हकहितका लागि  लगानीको सुरक्षासहितको वातावरण बनाउनका लागि समेत संघले आग्रह गरेको हो। 

संघका अध्यक्ष अनिल पोखरेलले कउन्सुलर कार्यालय पुनर्संचालन गर्ने, विद्यार्थीहरूलाई स्कलरशीपको दायरा विस्तार गर्नुपर्ने, लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने लगायत माग राख्दै ज्ञापनपत्र बुझाइएको बताए। 

क्यानबेरामा रहेको नेपाली दूतावासमा सीमित जनशक्ति रहेकाले पासपोर्ट नवीकरण लगायतका काममा ढिलाइ हुने गरेको बताएका छन्। 

अस्ट्रेलियामा छरिएर रहेका नेपालीहरूका बीच विभिन्न समयमा काउन्सिलर शिविर राख्नुपर्नेमा संघको जोड दिएको छ। 

काठमाडौंमा अस्ट्रेलियाको भिसा कार्यालय पुनःस्थापनाका लागि संघले लबिङ गरिरहेको बताए। 

नेपालले अस्ट्रेलियाको अर्थतन्त्रमा शिक्षामार्फत दिएको योगदानबारे चर्चा गर्न समेत एनआरएनए अस्ट्रेलियाले सुझाव दिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .