ad ad

कारोबार


भारतीय नागरिकले नेपाली बैंकबाट दैनिक १५ हजार भारु पठाउन पाउने

भारतीय नागरिकले नेपाली बैंकबाट दैनिक १५ हजार भारु पठाउन पाउने

नेपालखबर
चैत २, २०८० शुक्रबार १७:२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले नेपालमा कार्यरत भारतीयका लागि बैंकिङ प्रणालीबाट भारतमा पैसा पठाउन दिने भएको छ। 

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०८० मा संशोधन–थप गरी यस्तो व्यवस्था मिलाइएको हो। 

राष्ट्र बैंकका अनुसार नेपालमा कार्यरत भारतीय नागरिकले दैनिक १५ हजार भारु भारतमा पठाउन पाउनेछन्। उनीहरुलाई प्रतिमहिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिकबापतको सटही सुविधा समेत प्रदान गरिने भएको छ। 

‘नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंक खाता आबद्ध विद्युतीय बैंकिङ (इबैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्युआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्विचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु १५ हजार र प्रतिमहिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिकबापतको सटही सुविधा प्रदान गर्न सकिनेछ’, राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ। 

तर यस्तो सटही सुविधामा उपदफा १ र २ मा उल्लिखित सीमा समेत लागू हुने गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाले व्यवस्था मिलाउनुपर्नेछ।  

राष्ट्र बैंकले यसका लागि मातहतको बैंकिङ विभागलगायत सबै प्रादेशिक कार्यालय, विदेशी विनिमय कारोबार गर्ने अनुमति पाएका बैंक तथा वित्तीय संस्था र सम्बन्धित सबै निकायलाई आवश्यक व्यवस्था मिलाउन भनेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .