कारोबार


नेप्से डेढ सय बढी अंकले घटेपछि सरकारले बनायो कार्यदल, ५ दिनमा प्रतिवेदन बनाउनुपर्ने

नेप्से डेढ सय बढी अंकले घटेपछि सरकारले बनायो कार्यदल, ५ दिनमा प्रतिवेदन बनाउनुपर्ने

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १३:२२, काठमाडौँ

जेनजी प्रदर्शनपछिको पहिलो कारोबारमै सेयरबजार क्र्यास भएपछि सरकारले पुँजीबजारको अवस्था बुझ्न अध्ययन कार्यदल बनाएको छ।

अर्थ मन्त्रालयले शुक्रबार धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको हो। 

नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फुँयाल र सदस्यसचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहने गरी सुझाव कार्यदल गठन गरेको हो।

उक्त कार्यदलले पुँजी बजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल बढाउनका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको बारेमा अध्ययन गर्नेछन्।

अध्ययनपछि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना पेस गर्नेछन्। यसका लागि मन्त्रालयले कार्यदललाई पाँच दिनको समय दिइएको छ। 

जेनजीको प्रदर्शनपछि खुलेको सेयरबजारमा १ सय ६० अंकले नेप्से घटेको थियो। बजारमा लगानीकर्ताको आत्मविश्वास गुमेको भन्दै लगानीकर्ताले नीतिगत सम्बोधन माग गर्दै आएका थिए।

मन्त्रालयले पुन: लगानीकर्ताको आत्मविश्वास बढाउनका लागि उक्त कार्यदल गठन गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad